देशमा संकट पर्दा कांग्रेस नेता कार्यकर्ता भागेका छैनन्, लुकेका छैनन्, डटेका छन् : विद्वान गुरुङ
11 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,मंसिर १२ गते । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले देशबाट भागेका र विदेशमा ठगेर आएकाहरूको नयाँ दल भन्नेहरू फेरि पनि भाग्ने समय आउने जिकिर गरेका छन् ।
मंगलबार कीर्तिपुरमा आयोजित चुनावी कार्यक्रममा अध्यक्ष गुरुङले रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै सहकारीको रकम ठगी गर्नेहरूले भोलिका दिनमा देशबाट भाग्ने बताए । उनले नयाँ भनिएकाहरूबाट सामाजिक सञ्जालमा जथाभावी विकृतिपूर्ण पोष्टहरू गरेर नेताहरूको चरित्रहत्या हुने कार्यहरू भएको बताए ।
उनले भने, ‘यो व्यवस्थामाथि हरेक दिन फेक आईडी बनाएर नेताहरूमाथि गाली र गलौज गर्नुभएको छ । देशमा विकृति र विचलित कार्य मच्चाउँदै हुनुहुन्छ ।’
‘यति धेरै विकृतिहरू तपाईहरूले मच्चाउनुभएको छ कि देशमा खुसीयाली भन्दा पनि जनतामा निराशा छाएको छ’, तरुण अध्यक्ष गुरुङले भने ।
तरुण दलका अध्यक्ष गुरुङले देशमा संकट आउँदा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले साथ दिएको बताए । उनले भने, ‘जबजब देशमा संकट पर्छ नेपाली कांग्रेसका नेता कार्यकर्ता भागेको छैन । लुकेको छैन । डटेको छ ।’
‘अब यो देशमा बस्न सकिदैन भनेर यो देश छोडेर भागेकाहरू आज सबैभन्दा ठूला ठूला कुरा गरेर विद्वानहरूले सामाजिक सञ्जालमा लेख्ने गरेका छन्’, अध्यक्ष गुरुङले भने ।
‘ती नयाँ भन्नेहरू यो देशबाट भागेर गएका थिए । विभिन्न देशमा ठगेर आएका थिए र ठग्न आएका हुन् भन्दा कसैले पत्याएनन्’, उनले दाबी गरे ।
उनले नयाँ भन्ने दलकाले नै जनताका पैसा हिनामिना भएको र जेलमा भएको गुरुङले जिकिर गरे ।

‘आज मैले सुने, हिजो मात्रै कोही अमेरिका भागेर गएका छन् । धेरै भाग्नेवाला छन्’, अध्यक्ष गुरुङले रास्वपाका नेताहरूको नाम नलिएर भने ।
तरुण अध्यक्ष गुरुङले कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसबाट कृष्णमान डंगोल उम्मेदवार बनेको हुँदा चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी बनाउन अपील गरे । उनले कीर्तिपुरवासीलाई कांग्रेसका उम्मेदवार डंगोललाई विजयी गराउनै पर्ने भनेर अनुरोध गरेका छन् । जनताको माया र साथ पाएकै कारण कीर्तिपुरको १० वटा वडामा कांग्रेसले जितेको अध्यक्ष गुरुङले बताए ।
चुनावी कार्यक्रमपछि घरदैलो कार्यक्रममा तरुण अध्यक्ष गुरुङ हिँडेका थिए । उनले कांग्रेसका उम्मेदवारको पक्षमा भोट मागेका थिए ।
साभार : नेपाल प्रेस
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
10 घन्टा पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
10 घन्टा पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
1 दिन पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
1 दिन पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
2 दिन पहिले