Janakpurdham
Sun, Aug 30, 2026
`

विवाह गर्न दबाब दिएपछि प्रेमीले गरे प्रेमिकाको हत्या, प्रेमीसहित तीन युवक पक्राउ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,मंसिर १६ गते । धनुषाको जनकनन्दिनी गाउँपालिका- ५ की २० वर्षीया रेखा कुमारी मण्डलको हत्या साथीको सहयोगमा उनका आफ्नै प्रेमीले गरेको खुलेको छ ।

मंसिर ८ मा जनकनन्दिनी गाउँपालिका- ४ र कमला नगरपालिका- २ सरावेकोबीच सिमानामा पर्ने नहरमा बाराभित्र रेखाको शव फेला परेको थियो ।

प्रहरीले उनको हत्यामा संलग्न तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका- ३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र शहिदनगर नगरपालिका ८ का २४ वर्षीय रमेश कुमार मण्डल छन् ।

पक्राउ परेका राम ललित मृतक रेखाको प्रेमी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए । उनका अनुसार विवाहको विषयमा विवाद भएपछि राम ललितले ज्ञानेन्द्र र रमेशको सहयोगमा हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

 राम ललित र रेखाबीच ४र५ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । राम ललितसँग रेखा विवाह गर्न चाहन्थिन । तर घर परिवारले अस्वीकार गर्दा रेखाले राम ललितलाई भागेर विवाह गर्न दबाब दिएकी थिइन् ।

राम ललित भने नेपाली सेनामा जागिरका लागि फारम भरेका थिए । उनले जागिर भए पश्चात मात्र विवाह गर्ने अडान लिएका थिए । विवाह तत्काल गर्न दबाब दिएकै कारण उनले प्रेमिका रेखाको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘प्रेमी राम ललितको योजना अनुसार रेखालाई ज्ञानेन्द्र र रमेशले नहर नजिक लगेको थियो’, डीएसपी सिंहले भने, ‘राम ललितले रेखाको अनुहारमा ढुंगाले हानेर मुर्छित पारे र ब्लेडले घाँटी रेटेर हत्या गरे । त्यसपछि बोरामा बाँधेर नहरमा फाले ।’

पक्राउ परेका तीनै जनामाथि कारबाही अगाडी बढाएको उनको भनाई छ ।



साभार ः नेपाल प्रेस

 

`
12 comments
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

12 घन्टा पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

12 घन्टा पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

2 दिन पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

2 दिन पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

5 दिन पहिले