आपलाई हराउँदै भाजपा २७ वर्षपछि नयाँ दिल्लीमा सत्तामा, काङ्ग्रेसको प्रतिनिधित्व शून्य
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
नयाँदिल्ली , माघ २६ गते । भारतीय जनता पार्टी (भाजपा)ले शनिबार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गरेर २७ वर्षपछि सत्तामा फर्किएको छ ।
दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टी (आप) का कैयौँ शीर्ष नेताले आफ्नो गढबाट हार बेहोरेका छन्।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले महाराष्ट्रको चुनावमा विजय हासिल गरेको र पार्टीले हरियाणामा विजय हासिल गरेको केही महिनापछि दिल्लीका जनताले भाजपाको पक्षमा दुई तिहाईभन्दा बढी सीटसहित प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएका छन् ।
शनिबार साझसम्म भाजपाले दिल्लीमा ७० सिटमध्ये ४५ सिट जितेको छ भने तीन सिटमा अग्रता लिएको छ । आम आदमी पार्टीले २१ सिट जितेको छ भने एक सिटमा अग्रता लिएको छ ।
सङ्घीय राजधानी दिल्लीमा आफ्नो पुनरुत्थानको आशामा रहेको काङ्ग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको काङ्ग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ ।
सुशासन’को विजयः मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा)को विजयको प्रशंसा गर्दै केन्द्र र राज्यमा भाजपाको ‘सुशासन’को विजय भएको बताउनुभएको छ ।
उहाँले दिल्लीको विकास र जनताको समग्र जीवनस्तर उकास्न पार्टीले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । प्रधानमन्त्री मोदीले भन्नुभयो, “जनशक्ति सर्वोपरि छ ! विकासको जित हुन्छ, सुशासनको जित हुन्छ ।”
उहाँले अगाडि थप्नुभयो, “यो शानदार र ऐतिहासिक जनादेशको लागि म दिल्लीका मेरा प्रिय दिदीबहिनी र भाइहरूलाई नमन गर्दछु। यी आशिषहरू प्राप्त गर्न पाउँदा हामी नम्र र गौरवान्वित छौं।”
उहाँले भन्नुभयो, “हामी दिल्लीको विकास गर्न, जनताको समग्र जीवनस्तर सुधार गर्न र विकसित भारत निर्माणमा दिल्लीको प्रमुख भूमिका सुनिश्चित गर्न कुनै कसर बाँकी राख्नेछैनौं। यो हाम्रो प्रतिवद्धता हो।
आपद्वारा हार स्वीकार
दिल्लीका मुख्यमन्त्री आतिशीले कालकाजीबाट जित हासिल गर्नुभएको छ भने आप नेता तथा पूर्व मुख्यमन्त्री केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, दिल्लीका मन्त्री सौरभ भारद्वाज, पूर्वमन्त्रीहरू सोमनाथ भारती र सत्येन्द्र जैन तथा पार्टी नेता अवध ओझा र दुर्गेश पाठकले चुनाव हारेका छन् ।
आप नेता केजरीवालले जनादेश स्वीकार गर्दै भाजपालाई विजयको लागि बधाई दिनुभएको छ । “केजरीवालले एक्समा पोस्ट गरिएको भिडियोमा भन्नुभएको छ, “जनताको जनादेशलाई हामी अत्यन्त नम्रताका साथ स्वीकार गर्दछौं । म भाजपालाई यो जीतको लागि बधाई दिन्छु र मलाई आशा छ कि उनीहरूले ती सबै वाचाहरू पूरा गर्नेछन् जसका लागि जनताले उनीहरूलाई मतदान गरेका छन् ।”
उहाँले भन्नुभयो, “विगत १० वर्षमा हामीले स्वास्थ्य, शिक्षा, पूर्वाधारका क्षेत्रमा धेरै काम गरेका छौं । हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्र निर्वाह गर्ने छैनौं, जनताको बीचमा रहेर जनताको सेवा गरिरहनेछौं । ’हामी सत्ताका लागि राजनीतिमा आएका होइनौं, राजनीतिलाई जनताको सेवा गर्ने माध्यमका रुपमा लिएका छौं ।”
एक्जिट पोलले भाजपाको जित हुने देखाएको र पूर्वानुमानअनुसार नै यो नतिजा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
साभार ः रेडियो नेपाल
अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्..
काठमाडौं, साउन २३ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस..
3 घन्टा पहिले
सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा
काठमाडौं, साउन २३ : मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्।&nbs..
3 घन्टा पहिले
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
1 दिन पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
1 दिन पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले