
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गरेपछि पक्राउ परे आनन्द हस्पिटलका सञ्चालक
4 महीना पहिले प्रकाशित
Esandhyakalin

रौतहट, चैत १३ : रौतहटको शिवनगरमा रहेको आनन्द हस्पिटल एक्युपञ्चर सेन्टर प्रालीका सञ्चालक उमेशप्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेको छ।
गरुडा नगरपालिकाको वडा नम्वर ५ शिवनगरमा रहेको सो हस्पिटल मापदण्ड पूरा नगरी सञ्चालन गर्दै आएको थियोे।
केहि दिन अघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा मापदण्ड पूरा नगरेको पाएपछि अस्पताल बन्द गर्न निर्देशन दिएका थिए।
मुख्यमन्त्रीको निर्देशनलाई अवज्ञा गर्दै सञ्चालनमा आएपछि प्रहरीले बुधबार सञ्चालक जयसवाललाई पक्राउ गरेको हो।
नयाँ बिरामी भर्ना गरी उपचार गरिरहेको गुनासो आएपछि प्रहरीले जयसवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ।
रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार पक्राउ परेका अस्पताल सञ्चालक जयसवालसँग सोधपुछ कार्य भइरहेको तथा आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ।
आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरमा मापदण्ड अनुसारका चिकित्सक, आवश्यकता अनुसारको उपकरण समेत नभएको अनुगमनका बेलामा पाइएको थियो।
तर पनि अस्पताल सञ्चालकले अस्पताल सञ्चालन गर्दै बिरामी भर्ना गरेको आरोप लागेको छ। तर अस्पताल प्रशासनले नयाँ बिरामी भर्ना नगरेको र पुराना बिरामी फलोअपका लागि आएको दाबी गरेको छ।
साभार : काठमाडौं प्रेस

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
21 घन्टा पहिले
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
21 घन्टा पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
2 दिन पहिले
‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’
काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..
2 दिन पहिले
‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..
काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..
3 दिन पहिले