Janakpurdham
Tue, Jul 14, 2026
`

मुख्यमन्त्रीको निर्देशन अवज्ञा गरेपछि पक्राउ परे आनन्द हस्पिटलका सञ्चालक

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

रौतहट, चैत १३ : रौतहटको शिवनगरमा रहेको आनन्द हस्पिटल एक्युपञ्चर सेन्टर प्रालीका सञ्चालक उमेशप्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेको छ।

गरुडा नगरपालिकाको वडा नम्वर ५ शिवनगरमा रहेको सो हस्पिटल मापदण्ड पूरा नगरी सञ्चालन गर्दै आएको थियोे।

केहि दिन अघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा मापदण्ड पूरा नगरेको पाएपछि अस्पताल बन्द गर्न निर्देशन दिएका थिए।

मुख्यमन्त्रीको निर्देशनलाई अवज्ञा गर्दै सञ्चालनमा आएपछि प्रहरीले बुधबार सञ्चालक जयसवाललाई पक्राउ गरेको हो।

नयाँ बिरामी भर्ना गरी उपचार गरिरहेको गुनासो आएपछि प्रहरीले जयसवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ।

रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार पक्राउ परेका अस्पताल सञ्चालक जयसवालसँग सोधपुछ कार्य भइरहेको तथा आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ।

आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरमा मापदण्ड अनुसारका चिकित्सक, आवश्यकता अनुसारको उपकरण समेत नभएको अनुगमनका बेलामा पाइएको थियो।

तर पनि अस्पताल सञ्चालकले अस्पताल सञ्चालन गर्दै बिरामी भर्ना गरेको आरोप लागेको छ। तर अस्पताल प्रशासनले नयाँ बिरामी भर्ना नगरेको र पुराना बिरामी फलोअपका लागि आएको दाबी गरेको छ। 

साभार : काठमाडौं प्रेस

`
12 comments
‘मधेशको खानेपानी र जलस्रोत व्यवस्थापनबारे छलफल’

जनकपुरधाम, असार २९ गते । राष्ट्रिय सभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’को बैठकमा मधेश प्र..

24 घन्टा पहिले

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा ..

काठमाडौं, असार २९ : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ..

24 घन्टा पहिले

स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रि..

काठमाडौं, असार २८ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्प..

2 दिन पहिले

प्रहरीले पक्राउ गरेर घर पुर्याएपछि दुर्गा प्रसाईँले– य..

काठमाडौं, असार २८ : राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा आ..

2 दिन पहिले

आत्मदाहको प्रयास गरेका अश्विनको मृत्यु 

काठमाडौं, आसर २७ : काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको मृत्यु भएको छ।  शनिबार ..

2 दिन पहिले