Janakpurdham
Thu, Aug 06, 2026
`

इन्टरनेट विस्तारमा साढे सात अर्ब खर्च

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ, कात्तिक २१ गते । देशैभर ब्रोन्डब्यान्ड इन्टरनेट विस्तार गर्न सञ्चालित विभिन्न परियोजनामा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ । ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने, इन्टरनेट जडान गर्ने र निश्चित समयसम्मका लागि मर्मतसम्भार सेवासमेत दिने गरी सञ्चालित ती परियोजनामा करिब सात अर्ब ५४ करोड रुपियाँ खर्च भइसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार पूर्वाधार निर्माण गर्ने उद्देश्यका साथ प्राधिकरण मातहतमा रहेको ग्रामीण दूरसञ्चार विकास कोषमार्फत उक्त खर्च भएको हो । उक्त कोषअन्तर्गत चारवटा परियोजना सञ्चालित छन्, जसमध्ये ७४ जिल्लाका सबै स्थानीय तहमा रहेका कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने र इन्टरनेट जडान गर्ने परियोजना सम्पन्न भइसकेको छ । यस परियोजनाका लागि कोषमार्फत पाँच अर्ब ६७ करोड ४३ लाख रुपियाँ विनियोजन भएकामा असोज मसान्तसम्म पाँच अर्ब २९ करोड ८७ लाख रुपियाँ सेवा प्रदायकलाई भुक्तानी दिइसकेको प्राधिकरणले जनाएको छ । यो परियोजनाअन्तर्गत सम्बन्धित १६ हजार २०८ सार्वजनिक निकायमा इन्टरनेट जडान भइसकेको छ । प्राधिकरणबाट अनुमतिपत्र लिएका सेवा प्रदायकलाई प्रतिस्पर्धामार्फत विभिन्न प्याकेजमा ब्रोडब्यान्ड नेटवर्क निर्माण र जडानको जिम्मेवारी दिइएको थियो । यो परियोजनाअन्तर्गत जडान भएको इन्टरनेट सम्बन्धित सार्वजनिक निकायले दुई वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउनेछन् । त्यस्तै सर्वसाधारणले काठमाडौँमै प्रचलित मूल्यमा उक्त इन्टरनेट जडान गर्न सक्ने व्यवस्था प्राधिकरणले गरेको छ । कोषअन्तर्गत नै सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग परियोजनाका लागि कोषबाट दुई अर्ब नौ करोड ३८ लाख रुपियाँ खर्च भइसकेको छ । 

कुल नौ अर्ब ८९ करोड १७ करोडमा सम्झौता भएको परियोजनाको कामले गति नलिँदा वित्तीय प्रगति पनि धेरै हुन नसकेको प्राधिकरणले जनाएको छ । परियोजनाअन्तर्गत प्रदेश १, मधेश र बागमती प्रदेशमा कुल दुई हजार १७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्नेमा ठेक्का सम्झौता पाएको नेपाल टेलिकमले हालसम्म एक हजार ३२६ किलोमिटर अप्टिकल फाइबर पाएको छ । यसै परियोजनाअन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएको युनाइटेड टेलिकम (यूटीएल)को ठेक्का सम्झौता रद्दसम्बन्धी निर्णयमा अदालतले आदेश कार्यान्वयन नगर्न आदेश दिएपछि हालसम्म यसको काम नै सुरु भएको छैन । त्यस्तै कर्णाली र सुदूरपश्चिममा एक हजार ९९२ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्नेमा नेपाल टेलिकमले ३२० किलोमिटर अप्टिकल फाइबर बिछ्याएको छ । यसअघि कर्णाली र सुदूरपश्चिममा फाइबर बिछ्याउने जिम्मा पाएको स्मार्ट टेलिकमले तोकिएको समयमा काम सुरु नगरेपछि प्राधिकरणले सम्झौता रद्द गरी नेपाल टेलिकमलाई दिएको थियो । यसबाहेक भूकम्पबाट अति प्रभावित आठ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट जोड्ने कोषबाट सञ्चालित परियोजनामा चार करोड १५ लाख रुपियाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ । काठमाडौँ उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएसको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट जडानका लागि प्राधिकरणले स्थानीय तहलाई १२ करोड ८६ लाख रुपियाँ खर्च गरिसकेको छ ।  साभार : गोरखापत्र

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

22 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

22 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले