Janakpurdham
Sat, Aug 29, 2026
`

जनकपुरमा बल प्रयोग गर्दा आन्दोलनकारीसँग झडप, अश्रुग्यास प्रहार

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत १७ गते । जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा सडक जाम गरेर हत्यामा संलग्नहरुलाई कारबाहीको माग गर्नेहरुमाथि प्रहरीले बल प्रयोग गर्दा झडप भएको छ ।प्रहरीले सहमतिबिना सडक खुलाउन खोज्दा आन्दोलन गर्ने समूहसँग झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास हानेका छन् । केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।

प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेपछि आन्दोलनकारी तितर–बितर भएका छन् । अहिले जनकपुरधाम-जलेश्वर सडक संचालनमा आएको छ । विन्धीमा अहिले ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालित छन् ।गत चैत २ गते होली खेल्ने क्रममा १५ वर्षीय आँशु यादवमाथि छुरा प्रहार गरी उनको हत्या गरिएको थियो । घटनामा संलग्न भन्दै प्रहरीले स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ । तर अन्य केही व्यक्ति फरार रहेको र उनीहरुविरुद्ध जाहेरी दिएपनि प्रहरीले पक्राउ नगरेको भन्दै पीडित परिवार र स्थानीय आन्दोलित बनेका छन् । 

मृतक आँशुका परिवार र स्थानीयले आज विहानैबाट सडक अवरुद्ध पारेको थियो । सडक खुलाउन आन्दोलनकारीमाथि सामान्य बल प्रयोग गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले बताए । उनका अनुसार अहिले सडक खुलेको छ । अबस्था सामान्य छ ।सडक खुलाउन प्रहरीले गरेको लाठीचार्जबाट दर्जनौं व्यक्ति घाइते भएका छन् । डीएसपी सिंहले आश्रुग्यास प्रहार र घाइतेहरुको विवरण अहिले प्राप्त न भएको बताए । उनले अहिले घटनास्थलबाट बल्ल फर्किन लागेको बताए ।


साभार ः नेपाल प्रेस

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

23 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

23 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

4 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

4 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

5 दिन पहिले