Janakpurdham
Fri, Apr 17, 2026
`

जनकपुरमा चैती छठको रौनक, ब्रतालुले चढाए अस्ताउँदो सूर्यलाई अर्घ्य

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,चैत २१ गते । श्रद्धा, भक्ति एवं धार्मिक सहिष्णुताको मनाइँदै आएको चैती छठको जनकपुरधाममा रौनक छाएको छ । जनकपुरधामस्थित गंगासागर पोखरीमा ब्रतालुहरु श्रद्धापूर्वक छठ मनाइदैछ ।

चैती छठको मुख्यदिन आज ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य चढाएका छन् । कार्तिकमा मनाइने छठ जस्तै विधि चैती छठमा पनि गरिन्छ । आजको रात घाटमै विताएर भोली विहान उदाउँदो सूर्यको अघ्र्य चढाएर छठ विधिवत समापन गरिनेछ ।

छठ पर्वको प्रसादका रूपमा केरा, सुन्तला, नरिवल, अदुवा, गहुँको पिठोले बनाइएको ठेकुवा, उखु लगायतका प्रसाद बासले बनेको छिटा, दौरा, सुप तथा माटोले बनेको हात्ती, ढकना, दियो र कलशलगायत पूजा सामग्रीको प्रयोग गरिन्छ । जसलाई शुद्धताको प्रतिकको रूपमा लिइन्छ ।

छठ पर्व गर्दा घरमा सुख शान्ति हुने तथा चर्मरोग निको हुने धार्मिक विश्वास छ । कार्तिकमा लगभग मधेसका सतप्रतिशतले छठ मनाउँछन् । त्यसको तुलनामा चैती छठ थोरेले मनाउँछन् । यद्पी पछिल्लो समय चैती छठ मनाउनेको संख्या पनि बढेको देखिन्छ ।


साभार : नेपाल प्रेस

`
12 comments
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

20 घन्टा पहिले

साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी

 जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..

20 घन्टा पहिले

अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..

जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..

2 दिन पहिले

स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण

काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..

2 दिन पहिले

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..

काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..

3 दिन पहिले