Janakpurdham
Sat, Aug 29, 2026
`

बार अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार मिश्रको जित निश्चित

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, चैत २७ : नेपाल बार एशोसियशनको अध्यक्षमा प्राध्यापक डा.विजयप्रसाद मिश्रको जित सुनिश्चित भएको छ।

बार अध्यक्षका उम्मेदवार मिश्रले ४ हजार ७२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी रमन श्रेष्ठले एक हजार ८४३ मत ल्याएका छन्।

मिश्र सत्ता गठबन्धन नेपाली कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार हुन्। श्रेष्ठ नेकपा (माओवादी केन्द्र), रास्वपा लगायत गठबन्धनका उम्मेदवार हुन्।

मिश्रले पाएको मतान्तर अब बाँकी गन्न भएको मत भन्दा भएकाले उनको जित सुनश्चित भएको हो।

 निर्वाचन समिति स्रोतका अनुसार अब गन्न बाँकी उच्च अदालत पाटनको करिब १ हजार ५५८ र ललितपुर जिल्लाको ५६० गरी २ हजार ११८ मत छ । तर मिश्र श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन् ।

त्यसैले मिश्रको जित सुनिश्चित भएको निर्वाचन समिति स्रोतले बतायो ।

नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो । मतगणना बार एसोसिएसनकै भवन भित्र भइरहेको छ ।


साभार : काठमाडौं प्रेस

 

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

22 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

22 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

4 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

4 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

5 दिन पहिले