आगामी सरकार काँग्रेसको नेतृत्वमा बन्ने : प्रवक्ता डा.महत
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूको पक्षमा मुलुकभरि जनलहर देखिएकाले आगामी सरकार काँग्रेसको नेतृत्वमा बन्ने पक्का भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.महतले काँग्रेसले कुरा कम गर्ने तर काम बढी गर्ने पार्टी भएकाले काँग्रेसको नेतृत्वमा बन्ने सरकारले विगतदेखि नै विकास निर्माणको काममा गति दिनुका साथै जनताको जनजीविकाको पक्षमा काम गरेको बताउनुभयो । उहाँले हुलाकी राजमार्गको निर्माणमा भएको व्यवधानलाई हटाएर गति दिएको र नागरिकता विधेयक ल्याउँदा नेकपा एमालेका अवरोधका कारणले लागु गर्न नसकेको बताउँदै काँग्रेसको नेतृत्वमा बन्ने अगामी सरकारले नागरिकता समस्याको समाधान गर्ने बताउनुभयो ।
प्रवक्ता डा.महतले मुलुकलाई तोड्ने तथा बिगार्ने शक्तिको पक्षमा नेपाली जनता नभएको भन्नुहुँदै काँग्रेसले मुलुक तथा जनतालाई जोड्ने काम गरेको बताउनुभयो । उहाँले वर्तमान संविधानको रक्षा गर्दै संविधानको कमी कमजोरीहरूलाई संशोधन गरी संविधानको परिमार्जनको पक्षमा पार्टी भएको समेत बताउनुभयो । उहाँले कोरोना महामारीको समयमा मुलुक अस्तव्यस्त बनेको बेला कमिसनमा कुरा नमिलेपछि समयमा खोप खरिद नभएका कारणले धेरै जनताले अनाहकमा ज्यान गुमाउनुपरेको बताउँदै काँग्रेस नेतृत्वमा सरकार बनेपछि खोप खरिद भएर जनताको जीउ धनको रक्षा गरेको दाबी गर्नुभयो । काँग्रेसका प्रवक्ता डा. महतले विगतमा बिग्रेको परराष्ट्र सम्बन्धलाई वर्तमान गठबन्धन सरकार बनेपछि सुधार गरेर समानताको आधारमा सन्तुलित बनाउने काम गरेको बताउनुभयो । साभार : रेडियो नेपाल
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
15 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
15 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले