जनकपुरधाममा सुदीप न्यौपानेको हत्या विरुद्ध विशाल विरोध प्रदर्शन, पाकिस्तानी सेना प्रमुखको पुतला दहन
12 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, २०७८२ बैशाख १६ – नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा आज जनकचोकमा विगत केही दिन अघि पहलगाम, भारतमा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको आतंककारी हमलामा ज्यान गएपछि त्यसको विरोधमा हजारौंको संख्यामा नागरिक सहभागी भई आक्रोशपूर्ण विरोध कार्यक्रम सम्पन्न गरिएको छ।
विरोध कार्यक्रमको क्रममा पाकिस्तानी सेना प्रमुख आसिफ मुनिरले आतंकवादीहरूप्रति सहानुभूति जनाउँदै दिएको अभिव्यक्तिको विरोधमा उनको पुतला दहन गरिएको थियो। ‘आतंकवाद मुर्दाबाद’, ‘सुदीपलाई न्याय दे’, ‘पाकिस्तान होसियार’ जस्ता नारासहित उपस्थित जनता जनकचोकदेखि जानकी मन्दिर परिक्रमा गर्दै शान्तिपूर्ण तर आक्रोशपूर्ण रुपमा सडकमा उत्रिएका थिए।
कार्यक्रमको अध्यक्षता नेपाल भारत खुला सिमा संवाद समूहका प्रदेश सह–अध्यक्ष दीपक यादवले गरेका थिए भने प्रमुख अतिथि संस्थाका अध्यक्ष राजीव झा रहेका थिए। कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठ संजय चौधरी संजय सिह राम जीवन साह अभियानी चुरे संघर्ष समितिका प्रतिनिधिहरू, स्थानीय अगुवा तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। प्रमुख सहभागीहरूमा पुर्ब जिसस उप प्रमुख दिपक झा,जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर -3 वार्ड अध्यक्ष दिपेन्द्र साह नेता चन्देश्वर साह,सुनिल यादव, कृष्ण कुमार साह लगायत थिए।
कार्यक्रममा हिन्दु तथा मुस्लिम समुदायका युवाहरू स्वस्फूर्त रूपमा सहभागी भई एकताको सन्देश दिँदै पाकिस्तान र आतंकवादका विरुद्ध एकजुट भएर आवाज उठाएका थिए। कार्यक्रम संयोजकद्वारा यस घटनालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न पहल गरिने प्रतिबद्धता पनि जनाइएको थियो।
नेपाल भारत खुला सिमा संवाद समूहले आगामी दिनहरूमा पनि सीमा सुरक्षाको विषयमा जनस्तरबाट आवाज उठाउँदै पीडितको न्यायका लागि निरन्तर संघर्ष गरिरहने बताएको छ।
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..
काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..
20 घन्टा पहिले
साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी
जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..
20 घन्टा पहिले
अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..
जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..
2 दिन पहिले
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण
काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..
2 दिन पहिले
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..
काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..
3 दिन पहिले