Janakpurdham
Sat, Aug 29, 2026
`

संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सह्य हुँदैन गृहमन्त्री लेखक

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

मोरङ, वैशाख ३१ : गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सैह्य नहुने बताएका छन्। 

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाटका अवसरमा गृहमन्त्री लेखकले संविधान र व्यवस्थाको विरोध गर्ने छुट कसैलाई पनि नभएको स्पष्ट पारे। 

संविधान कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरीको पहिचान गरी राष्ट्रिय सहमतिको आधारमा संशोधन गर्ने उद्देश्यका साथ एक कार्यदल बनाउन लागेको उल्लेख गर्दै उनले संविधान संशोधन गर्नुपर्ने आवश्यकता बोध गरी चरणबद्धरुपमा छलफल–बहस भइरहेको बताए। 

गृहमन्त्रालयअन्तर्गत विभिन्न नीतिगत तथा कानुनी सुधारका पक्षमा  प्राथमिकताका साथ काम भइरहेको जानकारी दिँंदै उनले शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण भूमिकामा रहेको प्रहरी संगठनलाई सुदृढ र बलियो बनाउने गरी यसै आर्थिक वर्षमा प्रहरी ऐन ल्याइने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री लेखकले बदलिँदो परिवेशमा चुनौतीका रुपमा देखिएका लागुऔषध कारोवार, आत्महत्या, सडक दुर्घटना, अवैध निकासी–पैठारीलगायतका पक्षलाई सम्बोधन गरी जनताको जिउधनको सरक्षासहित मुलुकमा शान्तिसुरक्षा, अमनचयन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए

उनले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन सीमा क्षेत्रमा हुने अवैध धन्दा नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई ३० दिनको समयसी ताकी स्पष्ट निर्देशन दिएको जानकारी गराए। 

उनले श्रमजीवी पत्रकारको सेवा, सुविधा र पारिश्रमिक सुनिश्चित गर्नेगरी आवश्यक नीतिगत व्यवस्थका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको पनि बताए। 

साभार : काठमाडौं प्रेस

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

18 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

18 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

4 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

4 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

5 दिन पहिले