धनुषाको वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुर, जेठ ३ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैयास्थित वान्डरल्याण्ड वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ।
शनिबार जनकपुरधामस्थित कृष्णा फाउन्डेसनले कक्षा १२ दिएका विद्यार्थीहरुका लागि भनेर मात्र एकसय रुपैयाँ शुल्क लाग्ने गरी कार्यक्रम आयोजना गरेको थियो।
वाटरपार्कको क्षमता भन्दा बढी विद्यार्थीको उपस्थित भएपछि पार्क व्यस्थापन र विद्यार्थीहरु बीच तनाव उत्पन्न भएको थियो। सो क्रममा झडपसँगै तोडफोड हुँदा लाखौंको क्षति भएको वाटरपार्कका व्यवस्थापक अभिषेक गोइन्काले जानकारी दिएका छन्।
-(5)-1747488291.jpg)
कृष्णा फाउन्डेसनसंग सातसयदेखि नौं सयजना विद्यार्थी मात्र आउने भनि सहमति भएकोमा दुई हजार भन्दा बढी विद्यार्थी प्रवेश गर्न खोजेपछि झडप हुन पुगेको उनले बताए।
आक्रोसित विद्यार्थीहरुले पार्कको मूल गेट, सिसिटिभी, सिसा, रुख विरुवा, गमला, टेन्ट, फलामको गेट, सामान राख्ने कोठा, कुर्सी, फलामलगायतमा तोडफोड गरेको उनले बताए।
विद्यार्थीले सडकमा चल्ने दुइवटा हाइसमा समेत तोडफोड गरेको जिल्ला प्रहरी धनुषाले जनाएको छ । विद्यार्थीहरु उग्र भएपछि अवस्थामा नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।
-(10)-1747488281.jpg)
झडपमा पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तोडफोडमा उत्रिएका १० जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अहिले व्यापक मात्रामा प्रहरी तैनाथ रहेका छन्।
अवस्था सामान्य भएपछि कुल क्षतीको अनुमान गर्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
-(7)-1747488276.jpg)
-1747488276.jpg)
साभार : काठमाडौं प्रेस
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
18 घन्टा पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
18 घन्टा पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
4 दिन पहिले
सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ
काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..
4 दिन पहिले
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..
काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..
5 दिन पहिले