Janakpurdham
Sat, Aug 29, 2026
`

पूर्वसांसद आलमलाई मस्तिष्कघात, रौतहट जाने कार्यक्रम स्थगित

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ १७ : नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शुक्रबार अस्पताल र्पुयाएका हुन। अहिले आलमको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा  उपचार भइरहेको छ । 

पूर्वसांसद आलमको मस्तिष्कघातका कारण अस्पताल भर्ना भएकाले आज शनिबार रौतहट जाने कार्यक्रम स्थगित भएको तरुण दलका केन्द्रीय सदस्य शेख नौसाद आलमले बताए । पूर्वसांसद आलम आलम अस्वास्थका कारण तत्काल रौतहट नआउने उनको भनाइ छ ।

उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन्। लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमको मस्तिष्कघात भएपछि शुक्रबार बिहान करिब ११ बजे परिवारले अस्पताल र्पुयाएका थिए। अहिले आइसियुमा राखेर उनको उपचार भैरहेको छ ।’ केन्द्रीय सदस्य आलमले भने । 


साभार : काठमाडौं प्रेस

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

16 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

16 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

4 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

4 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

5 दिन पहिले