भ्रमणमा शुक्रबार काठमाडौं आउँदै
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ । चिनियाँ उपविदेशमन्त्री ली चुन नेपाल भ्रमणमा आउन थालेका छन् । राष्ट्रिय साँस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन ५ दिने नेपाल भ्रमणमा शुक्रबार नेपाल आउन लागेका हुन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार उपमन्त्री ली भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नका लागि आउन लागेका हुन् ।यद्यपि नेपाली पक्षबाट भने उनको भ्रमणका बारेमा औपचारिक जानकारी गराइएको छैन । परराष्ट्र मन्त्रालय स्रोतले भने उनी शुक्रबार आइपुग्ने पुष्टि गरेको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ ।परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासलाई उपमन्त्री लीको भ्रमण चुनावपछि गराउन सुझाव दिए पनि चिनियाँ पक्षले निजी भ्रमण साँस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने भन्दै भ्रमण तय गरेको हो ।साभार : कान्तिपुर
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
15 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
15 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले