Janakpurdham
Thu, Sep 10, 2026
`

एयर इण्डियाका अध्यक्षले दिए समवेदना वक्तव्य, २४२ जना बाँच्ने सम्भावना कम

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

नयाँ दिल्ली ,जेठ २९ गते । अहदाबादमा दुर्घटनाग्रस्त भएको एयर इण्डियाको विमानभित्र रहेका यात्रु र चालक दलका सदस्य जीवितै रहने सम्भावना कम रहेको उद्धारकर्मी र सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् ।

लण्डन उड्ने क्रममा टेक अफ लिएको केहीबेरमै आकासमै आगो लागेको विमान जमिनमा पुग्दा एकै डल्लो भइसकेको प्रत्यक्षदर्शीले बताएका छन् । विमान केही पर पुगेर आकाशमै आगो लागेको देखिन्छ ।विमानमा सवार यात्रुको उद्दार गरेर अस्पताल लगिरहेको दृष्य देखाइए पनि हताहतीबारे अहिलेसम्म त्यहाँका अधिकारीले केही बताएका छैनन् । अधिकांशको जीवित उद्दार गर्न नसकिएको बताइएको छ ।

यसैबीच एयर इण्डियाका अध्यक्ष एन चन्द्रशेखरनले ट्वीटर एकाउन्टमार्फत एयर इण्डियाको उडान नम्बर १७१ को विमान दुर्घटनाग्रस्त भएको र यो भयावह दुर्घटनाबाट प्रभावित सबै परिवार र प्रियजनलाई कम्पनीको तर्फबाट गहिरो समवेदना रहेको बताएका छन् । उनले पहिलो प्राथमिकता विमानमा सवार यात्रुका पविरालाई सहायता उपलब्ध गराउनु रहेको बताएका छन् ।

अहिले अहमदाबाद बिमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरु गाडी बन्द गरेर एम्बुलेन्स तथा दमकलमात्र प्रवेश गर्न दिइएको छ । यसअघि सन् १९८८ पनि यहि विमानस्थलमा विमान दुर्घटना हुँदा १३३ जनाको ज्यान गएको थियो ।


साभार : नेपाल प्रेस

 

`
12 comments
पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्..

काठमाडौं, भदाै २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीमा सातसय रुपैयाँ अपुग ह..

4 घन्टा पहिले

उद्योगमन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारि..

काठमाडौं, भदौ २५ : नयाँ उद्योग मन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बाले..

4 घन्टा पहिले

माघ १६ मा जेनजी सहिदको सालिक अनावरण गर्न खरेलको आग्रह

काठमाडौं, भदाै २४  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद जगदीश खरेलले सातदोबाटोस्थित सह..

1 दिन पहिले

भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणाल..

काठमाडौं, भदाै २४ : अर्थ समितिले रसुवामा आएको बाढीपछि नेपाल सरकारबाट हालसम्म भएका उद्धार, राहत वितरण तथा पुनःस्..

1 दिन पहिले

जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बद..

काठमाडौं, भदाै २३ : एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन। उनीहरूको असन..

2 दिन पहिले