रास्वपा कार्यालयमा आफ्नाविरुद्ध नक्कली जाहेरी लेखिएको लेखकको दाबी
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ ३० : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै आफ्नाविरुद्ध नक्कली जाहेरीहरू लेखिएको बिषय थाहा पाइसकेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिनेक्रममा गृहमन्त्री लेखकले यस्तो भनाई राखेका हुन्। उनले नक्कली जाहेरी तयार गरी विभिन्न ठाउँमा मुद्दा दर्ता गर्न खोजिएको समेत बताए।
लेखकले भने, ‘पार्टीका कार्यालयमा नक्कली तथाकथितलाई बोलाएर नक्कली जाहेरीहरू लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयन्त्र भइरहेका छन्। कुन पार्टी कार्यालयमा लेखिएको छ । त्यो मलाई जानकारी भइसकेको छ । यस्ता किर्ते जालसाज, अमर्यादिन कार्य गरेर राजनीतिक अभिष्ट पूरा गर्न नलाग्न म साथीहरूलाई आग्रह गर्छु।’
गृहमन्त्री लेखकले अपमानजनक कार्य र नक्कली पीडीत खडा गर्नेलाई पत्ता लगाएर कारबाही गरिने प्रतिबद्धतासमेत जनाए।
उनले पार्टी कार्यालय किर्ते जालसाजीपूर्ण कार्यालय बन्न थालेको बताउँदै सचेत रहन आग्रह गर्दै भने, ‘किन भने तपाईंकरू संभावना बोकेको हुनुहुन्छ।’
साभार ः काठमाडौं, प्रेस

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
15 घन्टा पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
15 घन्टा पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
4 दिन पहिले
सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ
काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..
4 दिन पहिले
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..
काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..
5 दिन पहिले