
‘नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’
1 महीना पहिले प्रकाशित
Esandhyakalin
-(1)-1749808503_1749868852.jpeg)
काठमाडौं, जेठ ३० : प्रधानमन्त्री केपी ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढंगले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन्।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोह (दोस्रो चरण) लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभइ ‘इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गरेका हुन्।
नेपाल कहिल्यै कुनै मुलुकको अधिनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उनले नेपाल सानो राष्ट्र भएपनि स्वाधिनताका साथ बसेको स्पष्ट गरे।
‘दुनियाँमा नेपाल नेभर कोलोनाइज्ड हो। यो कसैको मातहतमा रहेन र रहँदैन पनि । हामी सानो देश भए पनि विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पूर्खाले चक्कुको सहारमा हराएर देशको स्वाधिनता बचाएका हुन्,’ ओलीले भने, ‘नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ।’
प्रधानमन्त्री ओलीले इतिहासका तथ्यहरुले पहिले देखि नै नेपालमा ‘रिसर्चर’भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपललगायत जस्ता बनस्पतीको महत्व पूर्खाले नै पत्ता लगाएको बताए।
प्रधानमन्त्री ओलीले विश्व–पृथ्वी, जल, नक्षत्र, ब्रम्हाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने बताए।
‘पूर्वजदेखि नै पनि सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो,’ उनले भने।
साभार ः काठमाडौं, प्रेस

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
21 घन्टा पहिले
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
21 घन्टा पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
2 दिन पहिले
‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’
काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..
2 दिन पहिले
‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..
काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..
3 दिन पहिले