Janakpurdham
Sat, Aug 29, 2026
`

बारामा बाघले एक जनाको ज्यान लियो

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

वीरगन्ज,असार ४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मङ्गलवार दिउँसो ४ बजेदेखि हराइरहेका जीतपुरसिमरा–२१ का ५० वर्षीय चन्द्र बहादुर भोलनको शव बुधवार बिहान क्षतविक्षत फेला परेको हो ।

भोलनको शव जीतपुरसिमरा–२२ स्थित दक्षिणकाली सामुदायिक वन क्षेत्रको रातोमाटे अठेर खोल्चाको जंगलमा बुधवार बिहान करिब ७ः३० बजे फेला परेको थियो । स्थानीय युवाहरूले खोजी गर्ने क्रममा बाघले शरीरका विभिन्न अंगहरु खाएर क्षतविक्षत पारेको अवस्थामा शव फेला परेको थियो ।

भोलन मंगलबार दिउँसो ४ बजे बाख्रा चराउन भनी घरबाट जंगल गएका थिए । साँझसम्म पनि उनी र बाख्रा घर नफर्किएपछि परिवार र स्थानीयले राति ११ बजेसम्म खोजी गरेका थिए, तर फेला पार्न सकेनन् ।

घटनास्थलमा बाघको ठूलो पञ्जाको डोबहरू पनि देखिएको स्थानीयले बताएका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयहरू घटनास्थल पुगेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिदीभिनाजुको घरमा बस्दै आएका भोलन अविवाहित थिए ।

 
 
 

बाख्रा चराउन गएका उनी साँझ ६ बजेसम्म पनि नफर्केपछि राती १ बजेसम्म प्रहरी, स्थानीय र वनका कर्मचारी मिलेर खोजी गरेका थिए ।

फेरि बिहान त्यहाँ पुगेर खोज्दा बाघले मान्छे खाइरहेको अवस्थामा फेला परेको थियो ।

अहिले निकुञ्ज, प्रहरी र स्थानीय घटनास्थलमा छन् । मुचुल्का उठाउने काम भइरहेको जीतपुर सिमरा उपमहानगर वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए ।


साभार : नेपाल प्रेस

 

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

14 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

14 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

4 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

4 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

5 दिन पहिले