
बारामा बाघले एक जनाको ज्यान लियो
27 दिन पहिले प्रकाशित
Esandhyakalin

वीरगन्ज,असार ४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मङ्गलवार दिउँसो ४ बजेदेखि हराइरहेका जीतपुरसिमरा–२१ का ५० वर्षीय चन्द्र बहादुर भोलनको शव बुधवार बिहान क्षतविक्षत फेला परेको हो ।
भोलनको शव जीतपुरसिमरा–२२ स्थित दक्षिणकाली सामुदायिक वन क्षेत्रको रातोमाटे अठेर खोल्चाको जंगलमा बुधवार बिहान करिब ७ः३० बजे फेला परेको थियो । स्थानीय युवाहरूले खोजी गर्ने क्रममा बाघले शरीरका विभिन्न अंगहरु खाएर क्षतविक्षत पारेको अवस्थामा शव फेला परेको थियो ।
भोलन मंगलबार दिउँसो ४ बजे बाख्रा चराउन भनी घरबाट जंगल गएका थिए । साँझसम्म पनि उनी र बाख्रा घर नफर्किएपछि परिवार र स्थानीयले राति ११ बजेसम्म खोजी गरेका थिए, तर फेला पार्न सकेनन् ।
घटनास्थलमा बाघको ठूलो पञ्जाको डोबहरू पनि देखिएको स्थानीयले बताएका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयहरू घटनास्थल पुगेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिदीभिनाजुको घरमा बस्दै आएका भोलन अविवाहित थिए ।

बाख्रा चराउन गएका उनी साँझ ६ बजेसम्म पनि नफर्केपछि राती १ बजेसम्म प्रहरी, स्थानीय र वनका कर्मचारी मिलेर खोजी गरेका थिए ।
फेरि बिहान त्यहाँ पुगेर खोज्दा बाघले मान्छे खाइरहेको अवस्थामा फेला परेको थियो ।
अहिले निकुञ्ज, प्रहरी र स्थानीय घटनास्थलमा छन् । मुचुल्का उठाउने काम भइरहेको जीतपुर सिमरा उपमहानगर वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए ।
साभार : नेपाल प्रेस

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
21 घन्टा पहिले
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
21 घन्टा पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
2 दिन पहिले
‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’
काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..
2 दिन पहिले
‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..
काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..
3 दिन पहिले