Janakpurdham
Sat, Aug 29, 2026
`

श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन अभियान सञ्चालन गर्ने पत्रकार महासंघको निर्णय

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,असार ७ गते । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महासंघको बिहीबार र शुक्रबार पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गर्ने निर्णय गरेको हो ।

बैठकले कोषमा अनिवार्य आवद्ध गराउन कानूनी व्यवस्थाको लागि पहल गर्ने निर्णय गरेको महासंघका सचिव प्रकाश धौलाकोटीले जानकारी दिए ।

उनका अनुसार बैठकले नियमित पारिश्रमिक नदिने मिडियालाई असार मसान्तभित्र बक्यौता भुक्तानी गरिसक्न आग्रह गर्ने निर्णय गरेको छ भने पारिश्रमिक नदिने मिडियाविरुद्ध साउन १ गतेबाट आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।

बैठकले श्रमजीवी पत्रकार ऐनमा संशोधन सहित न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन कार्यान्वयनका लागि पहल गर्ने, मिडियामा देखिएको आर्थिक संकटलाई सम्बोधन गर्न विशेष नीति र कानुनी सुधारका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको सचिव धौलाकोटीले बताए ।


साभार : नेपाल प्रेस

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

13 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

13 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

4 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

4 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

5 दिन पहिले