Janakpurdham
Sat, May 30, 2026
`

आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा पर्यटकको संख्या कम भयो : सीईओ जोशी

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार ११ : नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा लगानी अनुसार पर्यटकहरुको संख्या कम भएको बताएका छन्। 

बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको पर्यटन सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आधारभूत पूर्वाधारको अवस्था कमजोर भएको कारण अपेक्षित मात्रामा पर्यटक ल्याउन नसकेको भन्दै अहिले नेपाल सरकार, विभिन्न निकाय, स्थानिय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड रहेको बताए। 

 

‘पर्यटकहरुको संख्या हामीले सोच जति छैन। यातायात, होटललगायत धेरै क्षेत्रमा लगानी एकदमै धेरै छ,’ उनले भने, ‘हाम्रो आधारभूत पूर्वाधारको अवस्था कमजोर हुदाँ हामीले अपेक्षित मात्रामा पर्यटक ल्याउन सकिरहेको छैनौँ तर पछिल्लो समयमा नेपाल सरकार, विभिन्न निकाय, स्थानिय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड छ। आजको दिनमा पर्यटन क्षेत्र राम्रो छैन् भनेर निराश हुनुभन्दा हाम्रो भविष्य राम्रो छ भनेर आशावादी हुनुपर्छ।’

सिईओ जोशीले सवारी साधनको विषयमा गुणस्तरियता, सरसफाईको साथै, पर्यटकहरुलाई दिने जुन आतिथ्यतालाई सन्तुलनमा राख्नुपर्ने बताए। 

‘सवारी साधनको विषयमा कुरा गर्दा गुणस्तरियता, सफाई आदि कुरा छँदै छन्, त्यो बाहेक हामीले पर्यटकहरुलाई दिने जुन आतिथ्यता छ त्यसलाई सन्तुलन गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो आतिथ्यता कै कारणले नेपालमा आउने पर्यटकहरु दोहोर्याएर आउने गरेका छन्।’

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट

काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..

1 दिन पहिले

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने

काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..

1 दिन पहिले

मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..

2 दिन पहिले

कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..

2 दिन पहिले

राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..

काठमाडौँ , जेठ १३ गते ।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..

3 दिन पहिले