
प्रहरी ऐन संशोधन प्रदेश प्रहरीका विषयहरू समावेश गरिने छ : गृहमन्त्री लेखक
6 दिन पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असार ११ : गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन संशोधन गरी प्रहरी समायोजनका विषयसँगै प्रदेश प्रहरीका विषयहरु समावेश गरिने बताएका छन्।
बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरीको मूल कानून प्रहरी ऐन २०१२ मा प्रहरी संगठनका बारेमा उल्लेख नगरेको भन्दै यस विध्येकमा उल्लेख गरी प्रहरीको समायोजनलाई सरल बनाउने बताए।
‘हामीले प्रहरी समायोजन गर्ने भनेका छौं। तर प्रहरीको समायोजनका बारेमा अरु दुईवटा कानून त बनायौं, तर प्रहरीको मूल कानून प्रहरी ऐन २०१२ हो त्यसमा प्रहरी संगठनका बारेमा उल्लेख गरेको अवस्था छैन,’ गृहमन्त्री लेखकले भने, ‘यसले संविधानको भावना अनुरुप प्रदेश प्रहरीका विषयहरू समेत यसमा उल्लेख गरेर प्रहरीको समायोजनलाई सरल, सहज गर्ने उद्देश्यका साथ यो आएको छ।’
उनले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमा नेपाल प्रहरी सेवालाई प्रभावकारी बनाउँदै अपराध रोकथामका लागि आवश्यक व्यवस्था गरिएको बताए।
‘नेपाल प्रहरी सेवालाई नेपालको संविधान, प्रचलित कानून तथा मानव अधिकारप्रति प्रतिबद्ध व्यवसायीक, जवाफदेही र प्रभावकारी बनाउँदै अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती सुरक्षा, सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्न आवश्यक व्यवस्था यो विधेयकमा गरिएको छ,’ उनले भने।
बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरिएको थियो।
साभार : काठमाडौं प्रेस

कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..
काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..
4 घन्टा पहिले
ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति
काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..
15 घन्टा पहिले
प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..
काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ। प्रतिनिधिसभा बैठ..
2 दिन पहिले
सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय
काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..
2 दिन पहिले
कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..
जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..
2 दिन पहिले