पत्रकारलाई बयानमा डाक्ने विशेष अदालतको आदेशप्रति महासंघको गम्भीर ध्यानाकर्षण
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार ११ : नेपाल पत्रकार महासंघले प्रकाशित समाचारको विषयलाई लिएर विशेष अदालतले गरेको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यही असार ८ गते ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर दृष्टि साप्ताहिक र दृष्टिन्यूज डटकमका प्रकाशक शम्भु श्रेष्ठ, सम्पादक एमपी सुब्बालगायतका पत्रकारविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो।

समाचारलाई लिएर अदालतले प्रतिवेदन नै उठाएर पत्रकारविरुद्ध मुद्दा दर्ता भएके थियो । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै फौजदारी अभियोग लगाएर आदेश जारी हुनु सुखद् विषय नरहेको बताएको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
‘महासंघ न्यायपालिकाको काम र कर्तव्यको सदैव सम्मान गर्दछ र गर्दै आएको छ। तर, न्यापालिकाबाट भएको पछिल्लो आदेशले प्रेस स्वतन्त्रताको सवालमा प्रश्न खडा गरेको देखिन्छ। प्रकाशित समाचारमा चित्त नबुझे त्यसविरुद्ध हेर्ने सम्पूर्ण क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको भएकोले त्यसमार्फत प्रक्रिया अगाडि बढाउन र सो आदेशमा पुनर्विचार गर्न महासंघ सम्बन्धित निकायसँग विशेष आग्रह गर्दछ,’ महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
समाचारको विषयलाई अपराधीकरण गर्न नहुने दृष्टिकोण महासंघले राख्दै आएको पनि महासंघले स्पष्ट पारेको छ।
सञ्चारमाध्यमलाई कुनै पनि सार्वजनिक विषयमा समाचार प्रकाशनरप्रसारण गर्ने अधिकार संविधानले सुनिश्चित गरेको बताउँदै विज्ञप्तिमा संविधानप्रदत्त अधिकारको उपभोग गर्दा अदालतबाट पत्रकार विरुद्ध फौजदारी अभियोग लगाइनुले प्रेसको संविधानप्रदत्त अधिकारमाथि हस्तक्षेप हुनुका साथै प्रचलित कानुन र पत्रकारिताको लोकतान्त्रिक अभ्यास अनुकूल नभएको महासंघको बुझाइ रहेको समेत विज्ञप्तिमा जनाइएको छ।
साभार ः काठमाडौं प्रेस

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
12 घन्टा पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
12 घन्टा पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
3 दिन पहिले
सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ
काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..
3 दिन पहिले
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..
काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..
4 दिन पहिले