
केपी ओलीको निर्देशनमै एमाले चल्छ, विद्या भण्डारी आउँदा उहाँकै प्रस्तावमा आउने हो : रघुवीर
12 घन्टा पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, असार २२ गते । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन् ।
जनकपुरधाममा पत्रकारमाझ महासैठले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमाले चल्ने भन्दै भण्डारी आउँदा ओलीकै सहमति र प्रस्तावमा आउने जिकिर गरे ।
उनले भने, ‘पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउन खोजिरहेको कुरा राम्रो हैन । मलाई पनि विवाद ल्याउन खोजिएको छ । हामी कुनै पनि कित्तामा नभई पार्टीको कित्तामा छौं । जबसम्म हाम्रो अध्यक्षकै निर्देशअनुसार अघि बढ्छ । महाधिवेशनले गर्ने हो । केपी शर्मा ओलीज्यूलको आउने महाधिवेशनसम्म कुनै विकल्प छैन ।’
भण्डारीले सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा आउँछुमात्र भनेको भन्दै उनले ओली-विद्याबीच कित्ताकाटको हल्ला र समाचार फिँजाइएको टिप्पणी गरे ।
महासेठले भने, ‘सक्रिय राजनीतिमा आउँछुमात्र भन्नुभएको छ । तर, कसरी अघि बढ्ने केही कुरा गर्नुभएको छैन । अहिले बजार हल्ला छ अब केपी ओली र विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ । कार्यकर्ताहरू कित्ताकाट गरिरहेका छन् । मिडियामा आइरहेका कित्ताकाटका समाचारबारे कुनै सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपतिबीच कुनै अन्तरविरोध छैन । यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनुहुन्छ ।’
संविधान र पार्टीको विधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा कुनै बन्देज नगरेको साथै सचिवालयमा पनि छलफल भन्दै उनले भने, ‘उहाँ आउन चाहनुहुन्छ भने किन रोक्ने ? पार्टीभित्र अन्तरविरोध बढाउने काम गर्नुभएको छैन । पार्टीका केही एक-दुई जना साथीहरूले अन्तरविरोध बढाउने काम गरिरहेका छन् । त्यो राम्रो हैन ।’
साभार : नेपाल प्रेस

सञ्चारमाध्यम सञ्चालन नगर्न मधेश सरकारलाई पत्रकार महासं..
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारलाई सञ्चारमाध्यम सञ्चालन नगर्न अपिल गरेको छ ।पत्रकार ..
12 घन्टा पहिले
केपी ओलीको निर्देशनमै एमाले चल्छ, विद्या भण्डारी आउँदा उ..
जनकपुरधाम, असार २२ गते । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले प..
12 घन्टा पहिले
प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त
काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्..
2 दिन पहिले
राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध ..
जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका ..
2 दिन पहिले
स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए
काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्। स..
3 दिन पहिले