१५ वर्षसम्म हत्यारा पत्ता नलागेपछि पीडित परिवारले गराए गृहमन्त्रीको ध्यानाकर्षण
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन ३ : दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज) को हत्या प्रकरणमा १५ वर्षसम्म पनि हत्यारा पहिचान र कारबाही नभएको बिषयमा पीडित परिवारले शनिबार गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ।
गृहमन्त्री रमेश लेखकलाई मृतक हेमराजका भाइ पुष्कर धितालले ज्ञापन पत्र बुझाउँदै दाइको हत्यार पत्ता लगाई कारबाही गर्न माग गरेका थिए।
१५ वर्ष बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसक्दा परिवारसमेत त्रासमा बाँच्नु परेको गृहमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ। दाङको रेडियो तुलसीपुर सञ्चालक समितिका तत्कालीन अध्यक्ष रहेका हेमराज राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समिति लगायत विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध थिए।
ज्ञापनपत्र बुझ्नेक्रममा गृहमन्त्री लेखकले आफुले त्यसबारे बुझेर प्रहरी प्रमुखलाई तत्काल धितालको हत्याबारे पहिचान भइसकेको भए आरोपितलाई पक्राउ गर्न निर्देशन दिने आश्वासन दिएका थिए।
‘१५ वर्षसम्म पनि सञ्चार उद्यमीका हत्यारा पत्ता नलाग्नु दुःखद हो’ गृहमन्त्री लेखकले ज्ञापनपत्र बुझ्दै भने, ‘ढुक्क हुनुस, यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कारबाही गर्न आइजिपीलाई निर्देशन दिन्छु।’
हत्या प्रकरणको घटना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको छ तर अहिलेसम्म उपलब्धि भने हात लागेको छैन। रेडियो तुलसीपुरका संस्थापक स्टेसन म्यानेजर तथा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरी र तुलसीपुरका पत्रकार गणेश आचार्यले पीडित परिवारको तर्फबाट गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।
साविकको उरहरी गाविसका कांग्रेसका नेता कार्यकर्तालाई भेटेर फर्किने क्रममा उनको हत्या गरिएको थियो।
मोटरसाइकलमा राप्ती राजमार्ग हुँदै तुलसीपुरस्थित घर तर्फ आइ रहेका हेमराजलाई बाटो ढुकेर बसेको हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको थियो।
साभार : काठमाडौं प्रेस

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
10 घन्टा पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
10 घन्टा पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
3 दिन पहिले
सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ
काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..
3 दिन पहिले
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..
काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..
4 दिन पहिले