Janakpurdham
Sat, Aug 29, 2026
`

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त्री पाण्डे

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय बनाउन आवश्यक रहेको बताएका छन्। 

बिहीबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा भएको छलफलमा उनले दुर्घट्ना जाँच सम्बन्धी ऐनको पनि ड्राफ्ट तयार हुँदै गरेको जानकारी दिए। 

मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्रको सुधाका लागि समग्र अध्ययन गर्नेगरी अध्ययन समिति बनेको पनि जानकारी दिए। 

‘जहाज दुर्घटनाका सन्दर्भमा स्थायी खालको दुर्घटनासँग सम्बन्धी एउटा निकाय चाहिने रहेछ। एउटाले आयो अध्ययन गरी छानवीन गरेर प्रतिवेदन दियो। अर्को दुर्घट्नाको बेला यो सबै सम्झना पनि रहँदैन्,’ उनले भने, ‘त्यसैले एउटा दुर्घट्ना जाँच सम्बन्धी ऐनपनि ड्राफ्ट हुँदैछ। स्थायी निकाय बनाउँछौं, त्यसैले काम गर्छ। नेपालको नागरिक उड्डयन क्षेत्रको सुधाको लागि समग्र अध्ययन गर्नेगरी अध्ययन समिति बनेको छ।’

त्यस्तै मन्त्री पाण्डेले देवघाट, कालिगण्डकीको सभ्यता र इतिहास जोगाउनको लागि चाँडै नेतृत्व चयन गर्ने पनि बताए। 

‘देवघाटमा नेतृत्व चयन दुई दिनभित्र नै हुन्छ। नियुक्तिको प्रकृया केही ढिलो भएको थियो। त्यो चाँडै टुङ्ग्याउँछौं। त्यसपछि देवघाट, कालिगण्डकीको सभ्यताको परिचय र इतिहास जोगाउने काम हुन्छ,’ उनले भने।

उनले गौरवका आयोजनाका केही कामहरु अदालत र अख्तियारका कारणले रोकिएको बताउँदै देशको विकासको गतिलाई रोकेर नभई अगाडि बढाउँदै समन्वयत्मक ढंगले काम गर्नु अहिलेको आवश्यकता रहेको धारणा राखे। 

 

साभार : काठमाडौं प्रेस

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

8 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

8 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

3 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

3 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

4 दिन पहिले