Janakpurdham
Sat, Aug 29, 2026
`

राष्ट्रपति पौडेलले दिए जनैपूर्णिमा तथा रक्षाबन्धनको शुभकामना

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवम् रक्षावन्धनको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको हार्दिक मङगलमय शुभकामना व्यक्त गरेका छन्।

शनिबार राष्ट्रपति पौडेलले एक शुभकामना सन्देश दिँदै नवयज्ञोपवित एवम् रक्षाबन्धन धारण गरेर मनाउने यस पर्वले नेपालीहरूबीच आपसी सम्बन्ध र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गरे। 

जनैपूणिर्मा एवम् ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्त्व रहेको बताउँदै उनले विभिन्न जातजाति,भाषाभाषी, संस्कृति, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा मनाइने यसप्रकारका चाडपर्वहरूले आपसमा मित्रता, प्रेम र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिने विश्वास पनि व्यक्त गरे। 

साभार : काठमाडौं प्रेस

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

8 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

8 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

3 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

3 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

4 दिन पहिले