सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहरीको अनुरोध
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने भनी आएका भ्रामक सूचनाको प्रलोभनमा नपर्न केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत नेप्से एआइ नामक एपको प्रयोग नगर्न र अपरिचित लिङक तथा एपहरु डाउनलोड नगर्न अनुरोध गरेको हो।
ब्यूरोको विज्ञप्तीमा भनिएको छ, ‘सामाजिक (संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक लगायत) मा नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई एआईले शेयर बजारको विश्लेषण गरी बढीभन्दा बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरे पश्चात रिमोट सेसन खोली खातामा भएको सम्पुर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई पिडितको डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने जस्ता कार्य भइरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भइरहेको हुँदा यस्ता प्रलोभनमा परी नेप्से एआई लगायतका कुनै पनि अपरिचित लिङक तथा एप्सहरु क्लिीक, डाउनलोड तथा इन्सलट नगर्न हुन सर्वसाधरणमा अनुरोध गरिएको छ।’
ब्यूरोले जोन डोइ (सांकेतिक नाम)ले सामाजिक संजाल फेसबुकमा देखिएको विज्ञापनबाट शेयर बजारको विश्लेषण गर्नको निम्ति नेप्से एआइ नामक एप डाउनलोड गर्दा उनको खातामा भएको २८ लाख ६१ हजार रुपैयाँ रकम अन्यत्र खातामा सारिएको घटना लगायत अन्य ठुला ठुला घटनाहरु घटिरहेको जानकारी दिएको छ।
साभार : काठमाडौं प्रेस
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
7 घन्टा पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
8 घन्टा पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
3 दिन पहिले
सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ
काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..
3 दिन पहिले
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..
काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..
4 दिन पहिले