सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग सम्झौता गरिँदैन : गगन थापा
9 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग सम्झौता नगर्ने बताएका छन्।
बुधबार प्रजातन्त्र सेनानी कर्मयोगी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन तथा नन्दप्रसाद जानुका स्मृति सम्मान हस्तान्तरण कार्यक्रममा उनले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नभएको भन्दै नेपाली काङ्ग्रेसले सत्ताको लागि सम्झौता नगर्ने बताए।
‘काङ्ग्रेस पार्टीले चुनाव लड्छ, जित्न कोशिस गर्छ। सत्तामा जान्छ, शक्तिको अभ्यास गर्छ। त्यसकारण चुनाव महत्वपूर्ण छ र जित्ने आशा राख्ने कुरा स्वाभाविक हो। तर, त्यो सबै कुरा होइन। सत्ता र शक्तिमा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन,’ उनले भने, ‘हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गर्नुपर्यो भने त्यसरी प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन। कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ। त्योसँग सम्झौता गरेर सत्ता प्राप्त गर्ने वा सत्तामा टिकिराख्ने कुरा हाम्रो लागि कहिले पनि प्राथमिकताको विषय भएन्।’
महामन्त्री थापाले प्रजातन्त्रमा संख्याको आधारमा गरिने निर्णय वैधानिक भएपनि संख्या छ भनेर जे पनि गर्न नपाइने भन्दै प्रजातन्त्र चल्नको लागि बैधानिक मात्र भएर हँुदैन् बैद्य हुनुपर्ने बताए।
‘हामीले जहिले हिजोबाट सिक्ने हो। जन कल्याणको विषयलाई काङ्ग्रेसले मूल विषय बनाउनु पर्ने छ। हामी निर्वाचन लडेर सरकार बनाउछौं त्यो संख्याको आधारमा हुन्छ,’ उनले भने, ‘तर संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ र मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन। संख्याको आधारमा निर्णय गरियो वैधानिक हुन्छ तर सबै पार्टीको सदस्यले स्वीकार गर्यो भने बैध हुन्छ। प्रजातन्त्र चल्नको लागि बैधानिक मात्र भएर हुदैँन् बैध हुनुपर्छ।’
नेपाली समाजमा रहेको चरम असन्तुष्टि हटाउने कुरा आजको राष्ट्रिय मुद्धा भनेको भन्दै यसको लागि काङ्ग्रेसभित्र आत्मविश्वास र शुद्धता आवश्यक हुने पनि उनको भनाई छ।
‘आजको राष्ट्रिय मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ। यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नु पर्नेछ। कतिपय कुराहरु ठिक छैन्, प्रायोजित छ यो सबै कुरालाई बुझ्नु पर्ने छ र त्यसलाई सम्बोधन गरेर अगाडि बढ्ने काङ्ग्रेसको जिम्मेवारी हो,’ महामन्त्री थापाले भने, ‘यसको लागि काङ्ग्रेसभित्रै नै आत्मविश्वास र शुद्धता चाहिएको छ। यसको लागि काङ्ग्रेसले हामी कहाँबाट आएको हो भनेर फर्किएर हेर्नुपर्छ।’
साभार : काठमाडौं प्रेस
नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट
काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..
18 घन्टा पहिले
निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने
काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..
18 घन्टा पहिले
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..
2 दिन पहिले
कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..
काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..
2 दिन पहिले
राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..
काठमाडौँ , जेठ १३ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..
3 दिन पहिले