Janakpurdham
Fri, Apr 24, 2026
`

८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं। आसन्न निर्वाचन लक्षित गरी प्रेस काउन्सिल नेपालले गरेकोे आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ ।काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेदेखि मंगलबार बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमन र उजुरीको दायरामा रहेकामध्ये ८४ सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको हो ।विज्ञप्तिअनुसार अनुगमन भएकामध्ये १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन, ५ वटा वेबपोर्टलले यस्ता सामग्री सम्प्रेषण गरेका हुन् । काउन्सिलले ४ वटा सञ्चार माध्यमलाई उजुरी र बाँकी सबैलाई स्वअनुगमनका आधारमा विभिन्न पत्राचार गरिएको जनाएको छ ।‘६ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधिएको त्यस्तै दर्ता/सूचीकरण नभएका ५ वटा न्युज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको, ३ वटा अनलाइन मिडियालाई फोनमार्फत ध्यानाकर्षण गराइएको र मिडियाअन्तर्गतको केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गरिएको छ’ काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन मङ्सिर ४ नजिकिँदै जाँदा सरकारी र निजी दुवै क्षेत्रका सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका नयाँ नयाँ प्रवृत्तिहरू देखिएको काउन्सिलले जनाएको छ ।सरकारी सञ्चार माध्यमको दुरुपयोग गर्दै कुनै दल तथा उम्मेदवारको विषयमा मात्र एकपक्षीय रूपमा सामग्री सम्प्रेषण गरेको बारेमा परेको उजुरीउपर सुनुवाइ गरी काउन्सिलले नेपाल टेलिभिजनसँग ‘भिडियो फुटेज’ का लागि पत्राचार गरी सो सम्बन्धमा अनुगमनसमेत गरिरहेको छ ।यसैबीच कुनै दलका उम्मेदरवारलाई लक्षित गरी प्रकाशित ‘हाते पर्चा’ उकालो डटकममा प्रकाशन भएको उधृत गर्दै प्राप्त उजुरी र प्रकाशित सामग्रीबारे अध्ययन–अनुगमन भइरहेको र उकालो डटकमलाई सचेत गराइसकिएको काउन्सिलले जनाएको छ ।काउन्सिलले निर्वाचनमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई वर्गीकरण/मूल्याङ्कनका साथै लोककल्याणकारी भुक्तानीका लागि आधारको रूपमा लिनेगरी अभिलेखीकरण गर्ने निर्णय भएको भन्दै सबै प्रावधानतर्फ विशेष ध्यान दिइ समाचार, विज्ञापन सम्प्रेषण गर्नगराउन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालाई ध्यानाकर्षण गराएको छ ।यसैबीच काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताए  । ‘यस्तो बेला मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्छ । पक्षधरता लिनै हुँदैन । जे हो त्यो प्रस्तुत गर्न सकेन भने मिडियालाई पत्याउँदैनन’, अध्यक्ष बस्नेतले भने–‘निश्चित विधि, प्रक्रिया र आधारबिनाको सर्वेक्षणले एउटा समाचार त बन्ला तर त्यो कतिको विश्वसनीय हुन्छ भन्ने प्रश्न चाहिँ उठिरहन्छ ।’अध्यक्ष बस्नेतले मिडियाप्रति आम नागरिकको भरोसा बढाउनकै लागि संयमित र सन्तुलित हुनु जरुरी रहेको औँल्याए ।साभार : नेपाल प्रेस

`
12 comments
काठमाडौंमा वायु प्रदूषण बढ्यो, ‘धेरै अस्वस्थ’को श्रेणी..

काठमाडौं, वैशाख १० : काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अच..

7 घन्टा पहिले

बिहीबारको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो?

काठमाडौं, वैशाख १० : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकल..

7 घन्टा पहिले

प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..

जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..

1 दिन पहिले

विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा

काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..

1 दिन पहिले

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..

2 दिन पहिले