Janakpurdham
Fri, Aug 28, 2026
`

मेधावी विद्यार्थीलाई आकर्षित गर्न “विद्यार्थी माझ लोक सेवा आयोग”

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,भदौ १८ गते । सार्वजनिक प्रशासनलाई सक्षम तथा सबल बनाउनका लागि लोकसेवा आयोगले विभिन्न विश्व विद्यालयका मेधावी विद्यार्थीहरूलाई सरकारी सेवामा आकर्षित गर्नका लागि “विद्यार्थीमाझ लोक सेवा आयोग” कार्यक्रम गरिरहेको छ ।

आयोगको ७५ वर्ष प्रवेशको अवसर पारेर वर्ष भरि नै आयोजना हुने हीरक जयन्ती अन्तर्गतको विविध कार्यक्रम अन्तर्गत आज मधेश प्रदेशको राजधानी जनकपुरधाममा विभिन्न विश्व विद्यालयका विद्यार्थीहरूसँग संवाद तथा छलफल कार्यक्रम गरेको हो ।

निजामती सहित अन्य सार्वजनिक क्षेत्रको सेवालाई प्रभावकारी बनाउनका लागि मेधावी विद्यार्थीहरूलाई लोकसेवा आयोगको सेवा प्रवेश सम्बन्धी योग्यता परीक्षामा सहभागी हुनका लागि उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोगका सदस्य माधव वेल्बासेले जानकारी दिनुभयो ।

आयोगले सातै प्रदेशको राजधानीमा यस्तै कार्यक्रमको आयोजना गरेर लोकसेवा आयोगको सम्पूर्ण गतिविधि तथा सरकारी सेवाका विषयमा जानकारी दिने कार्यक्रम अन्तर्गत मधेश प्रदेशका ८ जिल्लाका विभिन्न विश्व विद्यालयमा विभिन्न विषयहरूमा अध्ययनरत रहेका विद्यार्थीहरूसँग छलफल तथा संवाद गरेका छन् ।

योग्यता, निष्पक्षता तथा स्वच्छता मूल भावनासहित अहिले लोकसेवा आयोगले सरकारी सेवामा प्रवेश गर्नका लागि विश्व विद्यालय तथा शिक्षक सेवा प्रवेशको परीक्षा छाडेर सबै सरकारी निकायको सेवा प्रवेश सम्बन्धी परीक्षा सञ्चालन गरेर योग्यता प्रणालीको आधारमा उम्मेदवारको सिफारिस गर्दै आएको हो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले लोकसेवा आयोगको परीक्षा प्रणाली अहिले पनि निष्पक्ष भएको बताउँदै मधेश प्रदेशमा जनसङ्ख्या बढी भएकाले आम जनतालाई प्रभावकारी किसिमले सेवा प्रवाहका लागि कर्मचारीको दरबन्दी अपुग भएको बताउनुभयो ।


साभार : रेडियो नेपाला

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

5 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

5 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

3 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

3 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

4 दिन पहिले