Janakpurdham
Fri, Aug 28, 2026
`

आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको आग्रह

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दिन आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन जेनजी पुस्तालाई आव्हान गरेका छन् । 

देशबासीका नाममा सम्बोधन गर्दै सिग्देलले नेपालको स्वतन्त्रता सार्वभौमसत्ता भौगोलिक अखण्डता स्वाधीनता र राष्ट्रिय एकताका लागि नेपाली जनताको सुरक्षार्थ नेपाली सेना कटिवद्ध रहेको बताएका छन् ।

उनले भने, ‘जेनजीको आन्दोलनमा पुगेको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना,शोक सन्तप्त परिवारजनमा समवेदनासहित घाइतेको स्वास्थ्यलाभको कामना गर्दछौं ।’

‘हालसम्म धेरै क्षति भएकाले थप क्षति हुन नदिन, शान्ति सुरक्षा र अमनचयन राष्ट्रिय एकता र सद्भाव कायम गर्नु नेपालीको साझा दायित्व हो । सार्वजनिक एवं नागरिकको सम्पत्ति, कुटनीतिक नियोक र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु साझा कर्तव्य हो’, सेनापतिले भनेका छन् ।


साभार : नेपाल प्रेस

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

5 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

5 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

3 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

3 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

4 दिन पहिले