Janakpurdham
Sat, May 30, 2026
`

पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : नेपाली कांग्रेस

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, भदौ २९ : मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा सार्वजनिक गर्दै एक प्रेस वक्तव्य जारी गरेको छ। 

पार्टीका उपसभापति पूर्णबहादुर खड्काद्वारा हस्ताक्षरित वक्तव्यमा प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि, जनधनको क्षति, प्रमुख नेताहरूमाथिको आक्रमण, प्रतिनिधिसभा विघटन लगायतका विषयमा पार्टीको आधिकारिक विचार प्रस्तुत गरिएको छ।

नेपाली कांग्रेसले जेनजीद्वारा भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान जानु, सुरक्षाकर्मी घाइते हुनु र खर्बौंको भौतिक संरचना नष्ट हुनु अत्यन्तै दुःखद भएको जनाएको छ। पार्टीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारहरूप्रति समवेदना प्रकट गरेको छ।

वक्तव्यमा उक्त घटनाको निष्पक्ष छानबिनको माग पुनः दोहोर्याउँदै सरकारले क्षतिको वास्तविक मूल्यांकन अविलम्ब सुरु गर्न आग्रह गरिएको छ।

साथै, प्रदर्शनमा जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको र त्यसबाट संवैधानिक तथा प्रशासनिक संस्थानहरू, मिडिया हाउस, निजी घर र वित्तीय संस्थामा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ।
कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित अन्य नेताहरूमाथि भएको भौतिक आक्रमणलाई अमानवीय र निन्दनीय बताएको छ।

उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत वक्तव्यमा गरिएको छ । यस्तै, अन्य राजनीतिक दलका नेताहरू र कार्यकर्ताहरूमाथिको आक्रमणप्रति पनि भत्र्सना गरिएको छ।

प्रतिनिधिसभा विघटनप्रति कडा आपत्ति जनाउँदै कांग्रेसले उक्त निर्णय संविधान, लोकतान्त्रिक मूल्य र सर्वोच्च अदालतको अघिल्ला फैसलाविपरीत भएको स्पष्ट पारेको छ।

पार्टीले यसलाई अलोकतान्त्रिक र असंवैधानिक कार्य भनी ठहर गर्दै कार्यसम्पादन समितिको बैठकबाट विघटनको विरोधमा स्पष्ट धारणा सार्वजनिक भइसकेको स्मरण गराएको छ।

कांग्रेसले सम्पूर्ण नेपाली जनतालाई एकजुट भई लोकतन्त्र, संविधान र शान्तिपूर्ण राजनीतिक प्रक्रियाको संरक्षणका लागि अघि बढ्न आह्वान गर्दै, पार्टी विद्यमान परिस्थितिमा एकताबद्ध भएर अघि बढ्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट

काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..

15 घन्टा पहिले

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने

काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..

15 घन्टा पहिले

मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..

2 दिन पहिले

कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..

2 दिन पहिले

राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..

काठमाडौँ , जेठ १३ गते ।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..

3 दिन पहिले