राहुल गान्धीको ‘भारत जोडो यात्रा’को सभामा नेपालको राष्ट्रगान बज्यो
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । बुधबार महाराष्ट्रको वासिममा राहुल गान्धीको भारत जोडो यात्राको कार्यक्रममा भारतको राष्ट्रिय गानको बजाउनुपर्नेमा यसको सट्टा नेपालको राष्ट्रिय गान बजाइएको छ । यो घटनाको भिडियो भाइरल भएको छ ।घटनापछि भाजपा नेताहरूले यो गल्तीको लागि राहुल गान्धी र कांग्रेसलाई दोष दिएका छन् । महाराष्ट्र बीजेपी नेता नितेश राणेले पनि घटनाको भिडियो शेयर गर्दै राहुलको कमेडी सर्कस भएको ट्वीट गरेका छन्। तमिलनाडु बीजेपी नेता अमर प्रसाद रेड्डीले पनि त्यही भिडियो सेयर गर्दै लेखेका छन्, राहुल गान्धी, यो के हो ?वास्तवमा, राहुल गान्धी र केही कांग्रेस नेताहरू महाराष्ट्रको वासिममा भारत जोडो यात्राको क्रममा एक मंचमा जनतालालाई सम्बोधन गर्दै थिए। यसैबीच राहुल गान्धीले आफ्नो छेउमा उभिएका नेताहरूलाई राष्ट्रगान बजाउन भने तर गल्तीले नेपालको राष्ट्रगान बज्न थाल्यो ।
https://twitter.com/i/status/1592935017243869185
करिब पाँच सेकेन्डसम्म राहुल गान्धी सावधान मुद्रामा उभिए, तर गलत गीत बजिरहेको थाहा पाउने बित्तिकै उनले नेताहरूलाई रोकेर राष्ट्रगान बजाउन आग्रह गरे। तर, राहुलले भन्दा पनि केही नेताहरुले उनको कुरा बुझ्न सकेनन् ।भाजपा नेता नितिश राणेले ट्वीट गरे कि यो राहुलको कमेडी सर्कस हो । सोही क्रममा बीजेपी नेता अमर प्रसाद रेड्डीले पनि त्यही भिडियो शेयर गर्दै लेखेका छन्, ‘राहुल गान्धी, यो के हो ?’ सोही क्रममा सोसल मिडिया प्रयोगकर्ताहरुले राहुल गान्धीको खिल्ली उडाए ।एक प्रयोगकर्ताले लेखे कि यो नेपालको राष्ट्रिय गान हो ? अर्का प्रयोगकर्ताले राहुललाई गीत गलत हो भनेर बुझ्न ५ सेकेन्डभन्दा बढी समय लागेको लेखेका छन् । रामेश्वर सनातनी नामका एक प्रयोगकर्ताले गलत राष्ट्रगान गाएर अपमान गरेको आरोपमा यी व्यक्तिहरु विरुद्ध मुद्दा दर्ता हुनुपर्ने लेखेका छन् ।साभार : डिसी नेपाल
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
4 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
4 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
1 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
1 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
2 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह