मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक्षमा बस्न जनमतको पत्र
12 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा दिन निर्देशन दिएको भएपनि अहिलेसम्म दिएका छैनन्।
तर पार्टीको निर्देशनअनुसार मुख्यमन्त्रीले राजीनामा दिन ढिलाइ गरिराख्दा प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले समर्थन फिर्ता लिइसकेको पत्र प्रदेशसभामा दर्ता गराएका छन्।
यादवले प्रदेशसभालाई लेखेको पत्रमा भनिएको छ, ‘हाम्रो दल जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्तासहित मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाइएको जानकारी मधेश प्रदेश प्रमुखको कार्यालयलाई भदौ २८ गते नै गराइसकेको सो को जानकारीसहित सदनमा हाम्रो दलको सोही अनुसार व्यवस्थापनका लागि अनुरोध गर्दछौँ।’
जनमतका प्रवक्ता डा. शरद यादवले पनि पार्टीको निर्देशन अनुसार नै प्रदेश सभामा पत्र दर्ता भएको बताए।
उनले भने, ‘हामीले मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिइसकेका थियौँ। तर, मुख्यमन्त्रीले अहिलेसम्म राजीनामा नदिनुभएपछि प्रदेशसभामा विपक्षीमा बस्नको लागि व्यवस्थापन गर्न साथीहरूले पत्र दर्ता गराउनुभएको हो।’
उनले मुख्यमन्त्रीले पार्टीको निर्देशन अनुसार चाँडै राजीनामा दिने विश्वास व्यक्त गरे। जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि जनमतले कांग्रेस–एमाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको थियो।
साभार : नेपाल प्रेस
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
3 घन्टा पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
3 घन्टा पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
3 दिन पहिले
सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ
काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..
3 दिन पहिले
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..
काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..
4 दिन पहिले