
असाेज ३ लाई कालो दिनका रुपमा मनाउने संघीय मोर्चाको निर्णय
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,असोज २ गते । संघीय लोकतान्त्रिक मोर्चाले असाेज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ । संघीय लोकतान्त्रिक मोर्चाका केन्द्रिय सचिवलाय संयोजक डा. शिवजी यादवले एक विज्ञप्ति जारी गर्दै सो नयाँ संविधान २०७२ जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने निर्णय भएको जनाएको हो । मोर्चाले सोही सामूहिक रुपमै कालोपट्टी बाँधी संविधानको विरोध गरी प्रदर्शन गर्नेसमेत निर्णय गरेका छ ।
त्यस्तै, सो दिन प्रहरीको गोली लागि मृत्यु भएको सम्झनामा र संविधानको पुनर्लेखन अथवा परिमार्जन तथा संशोधनको माग राखी संविधानलाई आंशिक रुपमा स्वीकार गरी असोज तीन कालो दिनामा विभिन्न खाले विरोधका कार्यक्रमहरु गरि प्रदर्शन गर्दै आएकोमा सो कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिने विज्ञप्तिमा भनिएको छ ।
साथै, भाद्र २३ र २४ जेनजीको आन्दोलनमा अराजक तत्वहरुले घुसपैठ गरि विभिन्न राजनीतिक दलको कार्यालय, लोकतन्त्रका प्रमुख आधारहरु राष्ट्रपति भवन, व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाका भवनहरु लगातयका भवनमा क्षति पुर्याउनेहरुलाई छानबिन गरि कारबाही गरी क्षतिपूर्ति दिन सरकारलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
साथै, जेनजीको क्रान्ति पछि निर्माण भएको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मान्यताअनुरुप समानुपातिक समावेशीता अनुसार अघि बढ्ने सुझाएको छ । साथै, संघीय लोकतान्त्रिक गणतन्त्र र मौलिक अधिकार लगायत जनताको अग्रगामी अधिकारलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्रहरु भए स्वीकार गर्न नसकिने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।
असाेज ३ लाई सरकारले संविधान दिवसको रुपमा धुमधामका साथ मनाउने गरेको छ भने सो दिन देशैभरि सार्वजनिक बिदासमेत दिइने गरेको छ ।
साभार : नेपाल प्रेस

मधेशका मुख्यमन्त्री- पार्टीमा स्पष्टीकरण दिन्छु, मुख्य..
जनकपुरधाम,असोज २ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सभामै आफूलाई परीक्षण गर्ने बत..
2 घन्टा पहिले
असाेज ३ लाई कालो दिनका रुपमा मनाउने संघीय मोर्चाको निर्ण..
काठमाडौं ,असोज २ गते । संघीय लोकतान्त्रिक मोर्चाले असाेज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ । संघीय लोकतान्त्रि..
2 घन्टा पहिले
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..
1 दिन पहिले
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..
जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..
1 दिन पहिले
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..
2 दिन पहिले