मन्त्रिपरिषद् विस्तारको तयारी, सञ्चारमा खरेल, स्वास्थ्यमा मिश्रा र उद्योगमा सिन्हा सिफारिस
11 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं, असाेज ५ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीलला कार्कीले मन्त्रपरिषद् विस्तारको तयारी गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पत्रकार जगदीश खरेल, स्वास्थ्यमन्त्रीमा अतिरक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई सिफारिस गरेकी छिन्।
मन्त्री बन्ने सूचीमा महावीर पुनको नाम पनि चर्चामा थियो। तर, उनको नाम भने सिफासिस भएन।
तीनै मन्त्रीहरूले सोमबार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिने छन्। तीनै जना राजनीतिक दलभन्दा बाहिरका व्यक्ति हुन्।
पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए। दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्। खरेल लामो समयदेखि टिभी कार्यक्रम ‘हट सिट’ नामक अन्तर्वार्ताको शो चलाउँदै आएका थिए।
यता, स्वास्थ्यमन्त्री सिफिारिस डा. मिश्राले आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन्। उनी स्वास्थकर्मीका साथै कुशल व्यवस्थापक पनि हुन्। उनले स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा पनि काम गरेकी छिन्।
सिन्हा सर्वोच्च अदालतमा पूर्वन्यायाधीश हुन् । १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका उनी ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा निवृत्त भएका थिए। न्यायधीश बन्नुअघि उनी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ वकिल थिए।
साभार : काठमाडौं प्रेस
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
19 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
19 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले