Janakpurdham
Wed, Aug 05, 2026
`

सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल नियुक्त

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, आसोज ९ :  सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सरकारको प्रवक्तामा नियुक्त  भएका छन् । बिहीबार दिउँसाे सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले  मन्त्री खरेललाई प्रवक्ता िनयुक्त गरेकाे हाे।

बैठकपछि मन्त्री खरेलले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएका नेपाली नागरिकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको जनाकारी दिए। 

प्रदर्शनका क्रममा भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेक, पहिचान खुलेका मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिइनेछ । साथै, काजक्रिया, खाना र यातायात खर्चका लागि अतिरिक्त ५ लाख रुपैयाँ उपलब्ध गराइने निर्णय भएको छ।

बैठकले सुरक्षण मुद्रण सम्बन्धी नियमावली २०८२ पनि स्वीकृत गरेको छ। यो नियमावली सुरक्षित मुद्रण सम्बन्धी ऐन २०८१ लाई कार्यान्वयनमा लैजानका लागि आवश्यक व्यवस्था अनुसार ल्याइएको प्रवक्ता खरेलले जानकारी दिए।

त्यस्तै, छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ताका लागि सूचना तथा प्रशारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय भएको छ। 

यससँगै अब अनलाइन सञ्चार माध्यम दर्ता तथा नविकरणको प्रक्रिया जिल्ला प्रशासन कार्यालयबाट नभैइ, सूचना विभागमार्फत नै यथावत रूपमा अघि बढ्नेछ।

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

19 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

19 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले