पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि
10 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,असोज १२ गते । एसिया कप क्रिकेट २०२५ को उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।
पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९।४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलक वर्मा र रिंकु सिंहले विजयी प्रहार गर्दै भारतलाई जित दिलाए ।
भारतका तिलक वर्माले अविजित ६९ रनको म्याच जिताउने पारी खेले । उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै शिवम दुबेले ३३ तथा सन्जु सामसनले २४ रनको योगदान गरे ।
पाकिस्तानका बलर फहीम अशरफले ३ विकेट लिए भने शाहीन अफ्रिदी र अबरार अहमदले एक–एक विकेट हात पारे ।

पाकिस्तानका लागि ओपनर शाहिबजादा फरहानले ५७ रन बनाए भने फखार जमानले ४६ रनको योगदान गरे । तर, अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन असफल रहे ।
भारतका स्पिनर कुलदीप यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चे । त्यस्तै जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले दुई–दुई विकेट हात पारे ।
यससँगै भारतले एसिया कपमा नवौंपटक उपाधि जितेको छ । यसअघि सन् २०२३ मा भएको एसिया कपमा भारतले श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो ।
साभार : नेपाल प्रेस

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
23 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
23 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले