Janakpurdham
Fri, Aug 28, 2026
`

चुनावको वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्छ : प्रवक्ता भट्टराई

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज २१ : निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने बताएको छ।

मंगलबार सरोकारवालाहरुसँगको बैठकपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आसन्न प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोग तयार रहेको भन्दै सरकारले दलसँग छलफल गर्नुपर्ने बताए। 

‘राजनीतिक वातावरण निर्माण गर्ने विषयमा राजनीतिक दलहरुसँगको छलफल लगायतको विषयमा सरकारले अगाडि बढाउन पर्यो। छलफल भन्ने विषयमा सँगसँगै सँगसँगै अगाडि बढ्छौं। यसको प्राविधिक पाटो तयारीको पाटोमा निर्वाचन आयोगले सरोकार तहमा छलफल गर्छ,’ उनले भने।

निर्वाचन आयोगले सोमबार कार्यतालिका सार्वजनिक गरेको जानकारी गराउँदै उनले निर्वाचन स्वच्छ निर्पक्ष बनाउन सरकारसँग सहकार्य हुने बताए।

‘भर्खरै मात्र हिजो मात्र निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ,’ उनले भने, ‘निर्वाचन कार्यक्रमका विषयमा मतदानलाई थप स्वच्छ निर्पक्ष बनाउने, आचारसंहिता लागू गर्ने निर्वाचन आयोगको क्षेत्राधिकार भित्र पर्छ त्यसमा आयोगले सरोकारवाला अथवा राजनीतिक दलहरुसँग सम्बन्धित सहकार्य गर्छ। सुरक्षाको सुनिश्चितता लगायतका विषयहरुमा सरकारको कार्यक्षेत्र भित्र पर्छन् त्यसमा सरकारको तर्फबाट हुन्छ। सबैले मिलेर गर्ने हो।’

साभार : काठमाडौं प्रेस

`
12 comments
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

1 घन्टा पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

1 घन्टा पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

3 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

3 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

4 दिन पहिले