Janakpurdham
Wed, Aug 05, 2026
`

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुरुआत गरेको छ। आइतबार साँझ भएको थ्रीलर म्याचममा नेपालले युएईमाथि १ रनको जित निकाल्यो। 

अन्तिम ३ बलमा तीन विकेट लिएपछि नेपालको १ रनको रोमाञ्चक जित सम्भव भएको हो। १४१ रनको सामान्य लक्ष्य पछ्याएको युएईलाई जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो। सुरुआती तीन बलम ७ रन बनाउँदै जित युएई जित नजिक पुगेको थियो। तर, त्यसपछिका तीन बलमा दुई रनआउटसहित तीन विकेट लिए पनि नेपालल १ रनको रोमाञ्चक जित निकाल्यो।

यो जितसँगै नेपालले सुपर सिक्समा ४ अंक भएको छ। नेपाल रनरेटका आधारमा ओमानभन्दा पछि रहँदै दोस्रो स्थानमा छ।

युएईका लागि अलिसान सरफूले अर्धशतक बनाए। उनले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गरे। यस्तै, ध्रुव पारसरले १८ बलमा ३२ रन बनाउँदा जोनाथन फगीले १९ रन बनाए। 

एक सयम युएई ११ ओभरमा ८३)१को बलियो अवस्थामा थियो। त्यसपछि दीपेन्द्रसिंह ऐरीले लगतार दुई ओभरमा दुई सेट ब्याट्सम्यानलाई आउट गरेपछि नेपाल खेलका फर्किएको थियो। उत्कृष्ट बलिङ गरेका दीपेन्द्रले ४ ओभरमा २२ रन मात्र खर्चेर ३ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले आसिफ सेखको अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा १४० रन बनायो। आसिफले ४७ बलमा ४ चौका र १ छक्का मद्दतमा ५१ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेलले २८ रन बनाए। यी दुईले ७.५ ओभरमा ५६ रनको साझेदारी गरेका थिए। यस्तै, कप्तान रोहित पौडेलले २०, गुल्सन झाले १४ र कुशल मल्लले १० रन बनाए।

बलिङमा युएईका जुनैद सिद्धिकी, मुहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौसिक र पारसरले समान १ विकेट लिए।

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

22 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

22 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले