Janakpurdham
Tue, Oct 14, 2025
`

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित

3 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , असोज २७ गते ।  ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ ।नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा समेटियो । कतारसामु नेपाली बलरले शानदार प्रदर्शन गरे ।

कुनै समय जिततर्फ लम्बिएको कतारलाई नेपाली बलरले रोक्न सके । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । ३.५ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर ५ विकेट लिए ।अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन आवश्यक थियो । तर, सन्दीपले अन्तिम ओभरमा २ विकेट लिदै नेपाललाई ५ रनको रोमाञ्चक जित दिलाए । नन्दन यादव २ र दीपेन्द्रसिह ऐरीले एक विकेट लिए । कतारका इमाल लियानागेले सर्वाधिक ५६ रन बनाएपनी जितका लागि प्रर्याप्त हुन सकेन ।

 त्यसअघि कतारविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक इनिङ खेले । रोहितले ४१ बलमा ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरी २६, कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ मा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे ।

बलिङमा कतारका डेनियल आर्चर मारिया लुइस र मिर्जा मोहम्मद बेगले समान  ३-३ विकेट लिए ।

साभार : नेपाल प्रेस

 

`
12 comments
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

3 घन्टा पहिले

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित

काठमाडौं , असोज २७ गते ।  ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..

3 घन्टा पहिले

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित

काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..

1 दिन पहिले

नौं बुँदे माग राख्दै कांग्रेसका जेनजी पुस्ता सक्रिय

काठमाडौं, असोज २६ : नेपाली कांग्रेसका जेनजी युवाहरुले नौं बुँदे माग राख्दै विधानमा संशोधन गरी जेनजी उमेर समूहक..

1 दिन पहिले

कांग्रेसमा विशेष महाधिवेशन माग्दै ५० प्रतिशतभन्दा धेरै..

काठमाडौं ,असोज २५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै इतर पक्षले थाल..

3 दिन पहिले