आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै
4 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, माघ २२ : आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाल आज क्यानडासँग अन्तिम अभ्यास खेल खेल्दैछ । यूएईलाई सात विकेटले पराजित गर्दै उत्साह बढाएको नेपाली टोली क्यानडाविरुद्ध जित निकाल्दै विश्वकपमा आत्मविश्वाससहित प्रवेश गर्ने लक्ष्यमा छ ।
चेन्नईस्थित एमए चिदम्बरम मैदानमा हुने नेपाल–क्यानडा अभ्यास खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ । यसअघि मङ्गलबार भएको पहिलो अभ्यास खेलमा यूएईलाई सहजै हराउँदै नेपालले आफ्नो सकरात्मक संकेत दिएको थियो । विश्वकपअघि भारत र श्रीलङ्कामा खेलेका अभ्यास खेलबाट अनुभव बटुलेको नेपालले अब क्यानडाविरुद्धको खेललाई अन्तिम परीक्षणका रूपमा लिएको छ ।
नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘सी’ मा परेको नेपालका लागि यो विश्वकप ऐतिहासिक अवसरसमेत हो, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज र एक पटकको विजेता इङ्ल्यान्डजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। समूहमा स्कटल्यान्ड र इटाली पनि रहेका छन्।

नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ। नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। समूह चरणका सबै खेल मुम्बईमा हुनेछन्, जहाँ नेपाली टोलीका सबै खेलका टिकट अग्रिम रूपमा बिक्री भइसकेका छन्।
सन् २०१४ र २०२४ पछि तेस्रो पटक विश्वकप खेल्न लागेको नेपालले यस संस्करणमा नयाँ इतिहास रच्ने लक्ष्य राखेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा युवा र अनुभवी खेलाडीको संयोजनसहित मैदान उत्रिएको नेपाली टोलीले शतप्रतिशत नतिजाका लागि खेल्ने प्रतिबद्धता जनाएको छ।
विश्वकपका अन्य समूहहरूमा पनि भारत–पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका जस्ता दिग्गज टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। समूह चरणबाट शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्।
साभार : काठमाडौं प्रेस
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..
10 घन्टा पहिले
कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..
काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..
10 घन्टा पहिले
राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..
काठमाडौँ , जेठ १३ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..
1 दिन पहिले
जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बज..
काठमाडौँ , जेठ १३ गते । सरकारले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) जेठ १५ गते अपराह..
1 दिन पहिले
उखु किसानको भुक्तानी तत्काल दिन सरकारसँग सांसद सिंहको म..
काठमाडौं, जेठ १२ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी र मल अभ..
2 दिन पहिले