Janakpurdham
Fri, Mar 06, 2026
`

फुटपाथ अतिक्रमणविरुद्ध नागरिक दबाब सशक्त, ३१५ हस्ताक्षरसहित नगरप्रमुखलाई ज्ञापन

25 दिन पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, २५ माघ । जनकपुरधामका मुख्य सडक तथा बजार क्षेत्रमा बढ्दो फुटपाथ अतिक्रमणविरुद्ध सञ्चालन गरिएको हस्ताक्षर अभियानअन्तर्गत संकलित हस्ताक्षर आइतबार नगरप्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको छ ।

पत्रकार ध्रुब झाको संयोजनमा सञ्चालन गरिएको उक्त अभियानमार्फत संकलित हस्ताक्षर जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख साहलाई बुझाइएको हो ।

अभियानमार्फत अव्यवस्थित व्यापार तथा फुटपाथ अतिक्रमण हटाउन स्थानीय सरकारलाई दबाब दिनु मुख्य उद्देश्य रहेको पत्रकार झाले बताए ।

३१५ जनाको संकलित हस्ताक्षर बुझ्दै नगरप्रमुख मनोजकुमार साहले जनकपुरधामलाई व्यवस्थित, सफा र नागरिकमैत्री शहर बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले फुटपाथ र सडक आम नागरिकको साझा सम्पत्ति भएको उल्लेख गर्दै अतिक्रमणविरुद्ध उपमहानगरपालिकाले कडाइका साथ कारबाही गर्दै आएको बताए ।

‘पछिल्लो समय हामीले अभियानकै रूपमा फुटपाथ तथा सार्वजनिक स्थल अतिक्रमण हटाउँदै आएका छौँ । हालसम्म करिब १ हजारभन्दा बढी अतिक्रमणकारीमाथि कारबाही भइसकेको छ,’ नगरप्रमुख साहले भने, ‘अब पनि अव्यवस्थित व्यापार र गैरकानुनी संरचनामाथि सहनशीलता देखाइने छैन ।’

अभियानका संयोजक पत्रकार झाले विगत डेढ वर्षदेखि निरन्तर रूपमा फुटपाथ अतिक्रमणविरुद्ध आवाज उठाउँदै आएको स्मरण गर्दै नागरिक दबाबकै कारण स्थानीय सरकारले थप सक्रियता देखाउन थालेको बताए ।

‘पैदल यात्री सुरक्षित रूपमा हिँड्न पाउने वातावरण बनाउनु हाम्रो अधिकार हो । यो अभियान नागरिक अधिकारको संरक्षणका लागि हो,’ झाले भने, ‘आज नगरप्रमुखलाई हस्ताक्षर बुझाएर हामीले प्रशासनलाई अझ जिम्मेवार बनाउने प्रयास गरेका छौँ ।’

उनका अनुसार आगामी दिनमा पनि अनुगमन, सचेतना र दबाबमूलक कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ ।

 

`
12 comments
प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने : आज लोकतन्त्..

काठमाडौं, फागुन २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्क..

6 घन्टा पहिले

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौं, फागुन २१ : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका कार्यवाहक प..

6 घन्टा पहिले

असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास न..

काठमाडौं, फागुन २० : नेपाली सेनाले सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा वि..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठ..

काठमाडौं, फागुन २० : प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सु..

1 दिन पहिले

नेपाल–भारतका लाखौं श्रद्धालुबीच १५ दिने ‘मानव महाकुम्भ..

जनकपुरधाम, फाल्गुन १९ गते । नेपाल र भारतका लाखौं श्रद्धालुको सहभागितामा सम्पन्न १५ दिने ‘मानव महाकुम्भ’ भनेर ..

2 दिन पहिले