Janakpurdham
Wed, Aug 05, 2026
`

जितनजिक पुगेर नेपाल इंग्ल्यान्डसँग पराजित

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं, माघ २५ : भारत र श्रीलंकामा जारी टि–२० विश्वकपको पहिलो खेलमा नेपाल जित नजिक पुगेर पराजित भएको छ। आइतबार मुम्बईस्थित वनखेडे मैदानमा भएको खेलमा नेपाल जितको नजिक पुगेर इंग्ल्यान्डसँग ४ रनले पराजित भयो।

अन्तिम ९ बलमा १३ रन मात्र चाहिएको अवस्थामा नेपालले ८ रन मात्र बनाउन सक्यो। १८५ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा १८० रन मात्र बनाउन सक्यो।

नेपाललाई जित नजिक पु¥याउने क्रममा लोकेश बमले २० बलमा ४ चौका र २ छक्का मद्दतमा ३९ रन बनाए। त्यसअघि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ८२ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई दबाबमा राखेका थिए। जसमा दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का मद्दतमा सार्वधिक ४४ रन बनाएँदा कप्तान रोहितले ३४ बलमा २९ रन बनाए। त्यसअघि कुशल भुर्तेललले १७ बलमा ४ चौका र १ छक्का मद्दतमा २९ रन बनाउँदै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।

बलिङमा इंग्ल्यान्डका लिअम डाउसनले २ तथा लुक उड, जोफ्रा आर्चार, विल ज्याक्स र साम करणले समान १ विकेट लिए। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। उसका लागि ज्याकव बेथल र कप्तान ह्यारी ब्रुकले अर्धशतक बनाए।

बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए भने कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे।

ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दा इंग्ल्याण्डले चाँडै पहिलो विकेट गुमाएको थियो । ५७–३ को अवस्थामा रहेको स्थितिमा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिस इनिङ्स सम्हालेका थिए।

बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २९२ विकेट लिए। डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए।

शेरले टी(२० विश्वकपबाटै नेपालको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका हुन्। शेरसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले यसै खेलबा६ टी९२० विश्वकपमा पनि डेब्यु गरे।

यसअघि दुई विश्वकप खेलिसकेका सोमपाल कामी भने इंग्ल्यान्डविरुद्ध बेन्चमा थिए।

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

20 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

20 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले