दुधौली–१० मा दनुवार समुदायसँग भेटघाट, गरिबी अन्त्यतर्फ सामूहिक प्रतिबद्धता
4 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम माघ २६ गते । नेपाली काङ्ग्रेस सिन्धुली निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार उज्ज्वल बरालको दुधौली नगरपालिका–१० मा बसोबास गर्दै आएको दनुवार समुदायसँग आत्मीय भेटघाट सम्पन्न भएको छ। अल्पसंख्यक समुदायको रूपमा चिनिने दनुवार समुदाय दुधौली क्षेत्रमा भने उल्लेखनीय बहुलतामा बसोबास गर्दै आएको छ। तथ्यांकअनुसार यहाँ दनुवार समुदायको जनघनत्व ३६ प्रतिशतभन्दा बढी रहेको छ।
दनुवार समुदायको बड्की एकादशीलगायतका संस्कार, परम्परा तथा रीतिरिवाजहरू मौलिक र विशिष्ट रहेका छन्, जसले स्थानीय सामाजिक–सांस्कृतिक पहिचानलाई थप समृद्ध बनाएको छ।
यस्तै, दुधौली नगरपालिका देशकै गरिबीको दृष्टिले सातौँ स्थानमा पर्ने स्थानीय तहका रूपमा चिनिँदै आएको छ। यो अवस्था परिवर्तन गर्नुपर्नेमा भेटघाटका क्रममा साझा धारणा व्यक्त गरिएको छ। स्थानीय विकास, सामाजिक न्याय र आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राख्दै आगामी दिनमा योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।
“हामी मिलेर कांग्रेसलाई परिवर्तन गरेझैँ दुधौलीको दुःख र पछौटेपनलाई पनि परिवर्तन गर्नेछौँ,” भन्ने सन्देशसहित समुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने संकल्प व्यक्त गरिएको छ।




मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..
8 घन्टा पहिले
कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..
काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..
8 घन्टा पहिले
राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..
काठमाडौँ , जेठ १३ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..
1 दिन पहिले
जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बज..
काठमाडौँ , जेठ १३ गते । सरकारले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) जेठ १५ गते अपराह..
1 दिन पहिले
उखु किसानको भुक्तानी तत्काल दिन सरकारसँग सांसद सिंहको म..
काठमाडौं, जेठ १२ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी र मल अभ..
2 दिन पहिले