हामीले भनेको कुरा पूरा गरेर आएका छौँ, विश्वासलाई अब भोटमा बदल्नुस् : गगन थापा
8 महीना पहिले प्रकाशित
Esandhyakalin
सुनसरी ,माघ २७ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् । मंगलबार सुनसरी- २ झुम्कामा नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गरेका हुन् ।
उनले भने, ‘तपाईँहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नु भएको छ । अब यो क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु ।’
कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेता कार्यकर्तालाई आग्रह गरे ।
‘कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला’ उनले भने, ‘म तपाईँहरूको विश्वासमा परेको छु । हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ ।’
उनले अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नु पर्ने पनि बताए ।
साभार : नेपाल प्रेस

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
11 घन्टा पहिले
शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..
काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..
11 घन्टा पहिले
मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..
1 दिन पहिले
सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनश..
काठमाडौँ, असोज २३ : सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वको समय..
1 दिन पहिले
नेपालले आफ्ना उत्पादनलाई ब्राण्डिङ गरेर विश्व बजारमा लà..
काठमाडौं, असाेज २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपालले आफ्ना मौलिक उत्पादन, पहिचान र सà¤..
2 दिन पहिले
-
शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्नुपर्छ : राष्ट्रपति
-
मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ : गगन थापा
-
सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित
-
नेपालले आफ्ना उत्पादनलाई ब्राण्डिङ गरेर विश्व बजारमा लैजानुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना