Janakpurdham
Wed, Aug 05, 2026
`

हामीले भनेको कुरा पूरा गरेर आएका छौँ, विश्वासलाई अब भोटमा बदल्नुस् : गगन थापा

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

सुनसरी ,माघ २७ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् । मंगलबार सुनसरी- २ झुम्कामा नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘तपाईँहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नु भएको छ । अब यो क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु ।’

कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेता कार्यकर्तालाई आग्रह गरे ।

‘कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला’ उनले भने, ‘म तपाईँहरूको विश्वासमा परेको छु । हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ ।’ 

उनले अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नु पर्ने पनि बताए ।


साभार : नेपाल प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

20 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

20 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले