Janakpurdham
Sun, Feb 15, 2026
`

संविधानलाई सही ट्र्याकमा ल्याउन कांग्रेसको विजय अपरिहार्य : बिमलेन्द्र निधि

10 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , फाल्गुन २ गते ।धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली काङ्ग्रेस का नेता बिमलेन्द्र निधिले संविधान र लोकतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता रहेको बताएका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ मा आयोजित कांग्रेस कार्यकर्ता, सहयोगी तथा शुभेच्छुकहरूसँगको वडा स्तरीय भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले मुलुकको संविधान र लोकतान्त्रिक प्रणाली हाल चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे। उनले संविधानलाई सही ट्र्याकमा ल्याउन र लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गर्न कांग्रेसको नेतृत्व अपरिहार्य रहेको धारणा राखे।

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका निधिले आफू मन्त्री रहँदा ढल्केबर–जटही सिक्सलेन सडक आयोजनाको निर्णय गरी निर्माण प्रक्रिया अघि बढाएको स्मरण गरे। साथै, जनकपुर–जयनगर रेलमार्गलाई ब्रोडगेजमा रूपान्तरण गर्न भारतीय पक्षसँग आवश्यक पहल आफूले नै गरेको बताए। उनले जनकपुर–अयोध्या हवाई सेवा सञ्चालनका लागि समेत निरन्तर प्रयास भइरहेको जानकारी दिए।

नेता निधिले आफू गृहमन्त्री रहँदा जनकपुरधामलाई प्रदेशको राजधानी घोषणा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे। भौतिक पूर्वाधारसँगै शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै राजर्षि जनक विश्वविद्यालय स्थापना तथा विभिन्न विद्यालय भवन निर्माण आफ्नै पहलमा सम्पन्न भएको उनले बताए। किसानको हितलाई मध्यनजर गर्दै जनकपुर क्षेत्रमा मल कारखाना स्थापना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार रामानन्द चौधरी ‘ललन’ ले संघीयता र संविधानको संरक्षणका लागि नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले धनुषासहित देशका विभिन्न क्षेत्रमा नेता निधिको योगदान उल्लेखनीय रहेको चर्चा गर्दै कांग्रेस एकढिक्का भएर अघि बढेको बताए।

युवा नेता श्याम प्रसाद साहले सञ्चालन गरेको उक्त कार्यक्रममा संविधानसभा सदस्य कृष्णा ठाकुर, नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झा, सचिव कन्हैया लाल कर्ण, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, युवा नेता प्रवेश चौधरी, संजीव साह लगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

 

`
12 comments
संविधानलाई सही ट्र्याकमा ल्याउन कांग्रेसको विजय अपरिहा..

जनकपुरधाम , फाल्गुन २ गते ।धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली काङ्ग्रेस क..

10 घन्टा पहिले

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहल..

काठमाडौं ,फाल्गुन २ गते ।  महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहल..

22 घन्टा पहिले

जसपा नेपालका वरिष्ठ उपाध्यक्ष चौधरी र लोसपाका महासचिव म..

सर्लाही ,फाल्गुन २ गते । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय नेताहरू नेपाली क..

22 घन्टा पहिले

लक्ष्यअनुसार राजस्व संकलन नभएपछि प्रदेश र स्थानीय तहमा ..

काठमाडौं ,फाल्गुन २ गते । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्..

22 घन्टा पहिले

त्रिभुवन विमानस्थलभित्र एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं, माघ २९ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्..

3 दिन पहिले