Janakpurdham
Wed, Aug 05, 2026
`

प्रश्न गर्दा राज्यको गोलीबाट मारिनुपर्ने अवस्थाको अन्त्य गर्छौ : सभापति थापा

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन ६ : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रश्न गर्दा भाद्र २३ गते राज्यको गोलीबाट मारिए जस्तोे अवस्था अब देशमा आउन नदिने प्रतिज्ञा गरेका छन्।

बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अब युवकले प्रश्न गर्न पाउने भन्दै कसैले सिंहदरबार जलाउन जानु नपर्ने धारणा राखे।

‘हामीले गरेको यो प्रतिज्ञा पूरा नहुँदा प्रश्न र आलोचना गर्न राम्रोसँग पाउँछ। अब प्रश्न गर्दा कुनै युवकले भदौ २३ मा राज्यको गोलीबाट मारिएको जस्तो मर्नुपर्दैन यो हाम्रो प्रतिज्ञा हो। कसैले सिंहदरबार जलाउन जानु पर्दैन यो हाम्रो प्रतिज्ञा हो। त्यस्तो नेपाल बनाउँछौं,’ उनले भने।उनले आगामी दिनमा प्रधानमन्त्री कुनै पनि भ्रष्टाचार काण्डमा नमुछिने वातावरण बनाउने दाबी गरे। एउटा युवकले लाइसेन्स लिन जाँदा घुस दिनुपर्ने, कोही कसैले झुटा मुद्दाको सिकार हुनुपर्ने र हातमा फाइल बोकेर काठमाडौं धाउनुपर्ने जस्ता समस्याको अन्त्य गर्ने प्रतिज्ञा व्यक्त गरे।

‘कानुन ठूलोको लागि होइन् त्यो अध्याय अब समाप्त भयो । अब देशको प्रधानमन्त्री वा नेपाको कुनै ठूला व्यक्ति कुनै काण्डमा मुछिएको कुरा नहुने प्रतिज्ञा कांग्रेस गर्छ। अब एउटा युवकले लाइसेन्स लिन जाँदा घुस दिनुपर्दैन् । कोही कसैले झुटा मुद्दाको सिकार हनुपर्दै हातमा फाइल बोकेर काठमाडौं धाउनुपर्दै यो हाम्रो प्रतिज्ञा हो,’ उनले भने।

उनले प्रतिज्ञा पत्रमा लेखिएका कुरा कांग्रेसको सभापतिदेखि वडा तहसम्मका एक एक सदस्यदले पाँच वर्षसम्म पालना गर्ने प्रतिबद्धता जनाए।

‘यो राजा जनकको भूमिमा म घोषणा गर्न आएको छैन, प्रतिज्ञा गर्न आएको हुँ। आज म जे बोल्छु, प्रतिज्ञा पत्रमा जे लेखिएको छ त्यसको अक्षररंश नेपाली कांग्रेसको सभापतिदेखि वडा तहसम्मका एक एक सदस्यदले पाँच वर्षसम्म पालना गर्नेछ,’ उनले भने।

जस्तोसुकै असहज परिस्थिती भएपनि सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा राजा जनकले झै कांग्रेसले आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि आफूलाई पछि नसार्ने दाबी गरे।

उनले सहकारीका ठगहरूलाई तह लगाउने मात्रै नभई मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने र मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्ने बताए।

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

16 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

16 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले