सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह
3 महीना पहिले प्रकाशित
Esandhyakalin
सप्तरी, फागुन ९ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी दलहरूले प्रदेश संरचना खारेज गरी मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले डाक्नेश्वरी नगरपालिका–८ पट्टीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै सङ्घीयता विरोधी शक्तिहरूबाट सचेत रहन मधेशी जनतालाई आग्रह गरे।मधेश जनविद्रोहबाट स्थापित सङ्घीयता खारेज गर्ने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले भने, ‘सङ्घीयता विरोधी दलहरूले प्रदेश हटाएर मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार खोसेर फेरि गुलाम बनाउन चाहेका छन्।’
देशमा सङ्घीयता कांग्रेस–कम्युनिष्टको चाहना विपरीत आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिहरू सङ्घीयताप्रति सुरुमा सकारात्मक नभएको दाबी गरे। साथै आफूलाई नयाँ शक्ति भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सङ्घीयता र प्रदेश खारेजीको पक्षमा रहेको आरोप लगाउँदै मधेशी मतदातालाई भ्रममा नपर्न आग्रह गरे।
हरेक राजनीतिक परिवर्तनमा सप्तरीले निर्णायक भूमिका खेले पनि विभेदकारी नीतिका कारण अपेक्षित विकास हुन नसकेको यादवको भनाइ थियो। गरिबी, बेरोजगारी, अशिक्षा, सडक पूर्वाधार, गुणस्तरीय शिक्षा तथा सुरक्षित खानेपानीको अभाव अझै कायम रहेको उनले उल्लेख गरे।
सही प्रतिनिधि चयन गर्न नसक्दा जिल्ला पछि परेको टिप्पणी गर्दै उनले विगतमा आफू निर्वाचित हुँदा विराटनगरभन्दा ठूलो सुविधासम्पन्न अस्पताल भवन, कृषि विश्वविद्यालय, इन्जिनियरिङ कलेज, नर्सिङ कलेज भवन, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पक्की सडक तथा विद्यालय भवन निर्माणजस्ता काम अघि बढाएको दाबी गरे।
ती योजनालाई पूर्णता दिन निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै उनले विगतका कामको मूल्याङ्कन गरी मतदान गर्न मतदातासँग आग्रह गरे। आगामी निर्वाचन संविधान संशोधनमार्फत सङ्घीयतालाई थप अधिकारसम्पन्न बनाउने र मधेशी लगायत उपेक्षित समुदायको भविष्य निर्धारण गर्ने अवसर भएकाले गम्भीर हुन उनले आग्रह गरे।
शुक्रबारै डाक्नेश्वरी नगरपालिकाका प्रवाहा, धामी टोल, भीमपुर, बिसहरिया लगायतका स्थानमा आयोजित सभाहरूमा अध्यक्ष यादवले सम्बोधन गरेको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिए।
साभार : काठमाडौं प्रेस
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..
6 घन्टा पहिले
कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..
काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..
6 घन्टा पहिले
राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..
काठमाडौँ , जेठ १३ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..
1 दिन पहिले
जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बज..
काठमाडौँ , जेठ १३ गते । सरकारले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) जेठ १५ गते अपराह..
1 दिन पहिले
उखु किसानको भुक्तानी तत्काल दिन सरकारसँग सांसद सिंहको म..
काठमाडौं, जेठ १२ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी र मल अभ..
2 दिन पहिले