निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
5 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन ९ : प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा निर्वाचन तयारी देशभर तीव्र पारिएको छ। निर्वाचन आयोग नेपालले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएको छ।
आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका निर्वाचन क्षेत्रमा मतपत्र पुगिसकेको छ भने बागमतीसहित अन्य प्रदेशमा ढुवानी नियमित रूपमा जारी छ। राजधानीभित्रका मतदान केन्द्रमा समेत केही दिनमै मतपत्र पु¥याइने तयारी गरिएको छ।
निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा बढी मतपत्र छपाइ गरी प्याकिङसहित पठाइसकिएको आयोगले जनाएको छ। समानुपातिकतर्फ पनि दुई करोडभन्दा बढी मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
मतपत्र बाहेक आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीमध्ये अधिकांश ढुवानी पूरा भइसकेको छ, जसले निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाएको आयोगको दाबी छ।
मतपत्र छपाइ भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा आयोगको क्यालेण्डरअनुसार चरणबद्ध रूपमा गरिएको थियो। पुस महिनादेखि सुरु भएको छपाइ प्रक्रियाअन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि झन्डै ११ लाख नमूना मतपत्र समेत तयार गरिएको थियो।
निर्वाचन नजिकिँदै जाँदा आयोगले सुरक्षा, सामग्री व्यवस्थापन तथा मतदान केन्द्र तयारीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।
साभार : काठमाडौं प्रेस
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
19 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
19 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले